पु.समाचार

महिलाको प्रतिनिधित्व बढेकोमा खुशी छौंः महिला सांसद

सिद्धराज भट्ट/शेरबहादुर सिंह
धनगढी । उमाकुमारी वादी सांसद बन्नेछिन् भन्नेमा कसैलार्ई पत्यार थिएन । तर राजनीतिमा आएको परिवर्तनसँगै नेपालकोे संविधान बमोजिम गरिएको राज्य पुनःसंरचनाले संघर्षशील महिला नेत्री उमाकुमारी वादीलाई प्रदेशसभामा जनताको प्रतिनिधिको रुपमा प्रतिनिधित्व गर्ने सफलता मिलेको छ ।

कुनै समयमा नेपाली समाजले वादी समुदायका व्यक्तिलाई तल्लो दर्जाको रुपमा हेर्ने गरिन्थ्यो । कतिपय ठाउँमा अझै पनि यो प्रवृत्ति पूर्ण रुपमा हटिसकेको छैन । नेपाली काँग्रेसको तर्फबाट समानुपातिक कोटामा सांसद बनेर पहिचान बदल्न सफल कैलाली जिल्ला निवासी उमाले भनिन्— “समय परिवर्तनले कोल्टे फेर्दै सीमान्तकृत वादी समुदायको व्यक्तिलाई सांसदको जिम्मेवारीमा पु¥याउदा न्याय भएको महसुस भएको छ ।”
उपल्लो भनिएका जातीहरुको घर÷घरमा पुगेर नाचगान गरेर हुने नगद कमाइ र अन्नको जोहो गरेर जीवनयापन गर्नु यो समुदायको दिनचर्या हुने गरेको थियो । यद्यपि अझै पनि यस्तो पवृत्ति र चलन कहिकतै कायमै रहेको पाईन्छ ।

‘अब वादी समुदायको हक हितका लागि प्रदेशसभामा लड्न तयार छु, दशवर्ष अघि काठमाडौँमा भएको वादी आन्दोलनको नेतृत्व गरेकी उमाले भनिन्–“सांसदको रुपमा भूमिका निर्वाह गर्दा भने ७ नम्बर प्रदेशको विकास र समृद्धिका लागि पनि भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।”

संविधानमा भएको व्यवस्था बमोजिम पहिलो पटक ७ नम्बर प्रदेशसभामा महिलाको प्रतिनिधित्व पनि बढेको छ । प्रदेशसभाका लागि भएको निर्वाचनमार्फत् निर्वाचित भएका ७ नम्बर प्रदेशका ५३ सांसदमध्ये १८ जना महिलाले सांसद बन्ने अवसर पाउनुभएको छ । यो कुल सदस्य संख्याको करिब ३४ प्रतिशत रहेको छ ।

प्रदेशसभा सदस्यमा बझङ जिल्लाबाट प्रत्यक्ष निर्वाचनमा निर्वाचित सांसद देवकी मल्ल महिलाको प्रतिनिधित्व बढेकोमा खुशी व्यक्त गर्दै महिला अधिकार, महिला सशक्तिकरण लगायतका महिलाका मुद्दा सम्बोधन गर्न संसद्मा नीति नियम बनाउन अब सहज हुने बताछन् ।

‘राज्यका तहमा महिलाको प्रतिनिधित्व पहिलेको तुलनामा बढ्दा नयाँ र ऐतिहासिक परिवर्तनको अनुभूति भएको छ, प्रदेशमा प्रत्यक्ष निर्वाचन जित्ने एक्लो महिला सांसद मल्लले भनिन्–“अझै पनि महिलाको प्रतिनिधित्व ५०÷५२ प्रतिशतसम्म पु¥याउनुपर्छ र यसका लागि आन्दोलन जरुरी छ ।”

एमालेकी समानुपातिक सांसद सुशीला बुढाथोकीले सांसदको भूमिकामा बस्दा महिला हकअधिकारका कुरालाई सशक्त ढंगले उठाउने बताउछन् । “महिला सशक्तिकरणको आवाज उठाउने कुरा त छदैंछ, बुढाथोकीले भनिन्—जनप्रतिनिधिको रुपमा काम गर्दा सबै जनताको लागि काम गर्नुपर्छ ।”

कुन दलको कति महिला सांसद

यो प्रदेशमा नेकपा (एमाले)बाट माया भट्ट, मनाकुमारी साउद, पूर्णा जोशी, माया तामाङ(बोहरा), सुशीला बुढाथोकी, चुनकुमारी चौधरी, अर्चना गहतराज, र दुर्गाकुमारी कामी गरी आठजना सांसद हुन् ।

यस्तै नेकपा (माओवादी केन्द्र)बाट निर्मला बडाल(जोशी), कुन्ती जोशी, विनितादेवी चौधरी, शान्ति नेपाली र देवकी मल्ल गरी पाँच तथा नेपाली काँग्रेसबाट दिश्यश्वरी शाह, अम्बिकुमारी थापा, कुमारी नन्दा बम र उमाकुमारी वादी गरी चार जना सांसद हुन् । यसैगरी राष्ट्रिय जनता पाटीबाट मालामति रानाथारु प्रदेशसभा सांसद हुन् ।

समुदायको प्रतिनिधित्व

समुदायको हकमा प्रदेश नम्बर ७ मा एमालेबाट खस आर्य समुदायका पाँच, दलित समुदायका दुई र चौधरी ९थारु० समुदायका एक महिला सांसद हुन् ।

यसैगरी काँग्रेसबाट खस आर्यका तीन र दलितका एक जना, माओवादी केन्द्रबाट खस आर्यका तीन, चौधरी थारुका एक र दलितका एकजना तथा राजपाबाट एकजना राना थारुका महिला सांसद हुन् ।

सभामुख, उप सभामुख, मन्त्रीको चर्चामा रहेका महिला सांसद

नेकपा एमालेका तर्फवाट डोटी जिल्लाबाट समानुपातिक कोटामा निर्वाचित सांसद पूर्णा जोशी प्रदेशसभाको सभामुख बन्ने चर्चामाछन् ।

बैतडीबाट समानुपातिक कोटामा एमालेबाट निर्वाचित माया भट्ट र कैलालीबाट निर्वाचित चुनकुमारी चौधरी मन्त्री बन्ने दौडमा रहेको चर्चा छ । नेकपा माओवादी केन्द्रकी बझाङबाट प्रत्यक्ष निर्वाचित सांसद देवकी मल्ल उप सभामुख बन्ने चर्चामा छन् ।