राजनीति

रुपन्देही काँग्रेसमा भुंईचालो, अन्तरघातीहरुलाई कडा कारवाही सिफारिश

बुटवल । नेपाली काँग्रेस रुपन्देही निर्वाचन क्षेत्र नं ५ ले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको जनाउँदै केही नेता तथा कार्यकर्तालाई कारवाहीको सिफारिश गरेको छ ।

पार्टीका क्षेत्रीय सभापति बसीउल्लाह मुसलवानको अध्यक्षतामा बसेको शुक्रबारको बैठकले पार्टीका पूर्वजिल्ला सदस्य डिल्लीराज ज्ञवाली, महासमिति सदस्य अमेरिका कहार, पूर्वमहाधिवेशन प्रतिनिधि कृष्णबहादुर चुनारा, पूर्वजिल्ला सदस्य सम्राट्चन्द्र चुनारा, सैनामैना – ८ का उम्मेदवार रघुनाथ घिमिरे, क्रियाशील सदस्य शेखर श्रेष्ठ, लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ११ का सभापति शेषमन दुवे, वडा नं ३ का सभापति सायल मुसलवान, ४ का सभापति रमाशंकर मिश्रा, नेपाल तरुण दल जिल्ला सदस्य प्रदेशी यादव, क्षेत्रीय सदस्य लयसमहमदनाउ मुसलवान, क्रियाशील सदस्य रविशंकर त्रिपाठी र राकेश तिवारीलाई काँग्रेस जिल्ला समिति र केन्द्रीय समितिसमक्ष कारवाहीको सिफारिश गरेको बैठकपछि जानकारी गराइएको छ ।

प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य भरतकुमार शाह, प्रदेशसभा सदस्य फकुरउद्दीन खाँ, प्रदेशसभा सदस्यका उम्मेदवार विष्णु पोखरेल, जिल्ला तथा क्षेत्रीय समितिका पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, वडा सभापति, बुथ सभापतिसहितको बैठकले सो निर्णय गरेको हो ।