सूचना प्रविधि

सामसङका डुयल फ्रन्ट क्यामरा भएको सामसङको पहिलो स्मार्टफोन

काठमाडौं । माघ १८ गते । नेपालमा अग्रणी एवं विश्वासिलो स्मार्ट फोन ब्राण्डका रुपमा स्थापितसामसङले हालै ब्डं स्मार्टफोन बजारमा प्रस्तुत गरेको छ । आकर्षक डिजाइन तथा थुप्रै विशेषताहरु भएको स्मार्टफोन न्यूनतम् मूल्यमा नेपाली बजारमा ल्याइएको छ ।
ग्यालेक्सी ब्डं मा ६ जिबी ¥याम, ६४ जिबी इन्टरनल मेमोरि तथा अतिरिक्त मेमोरिकार्डको प्रयोग गरी २५६ जिबीसम्म बढाउन सकिने क्षमता रहेको छ । यो सामसङको पहिलो डुयल क्यामरा युक्त स्मार्टफोन हो । यसमा ठूलो डिस्प्ले तथा एग्रोनोमिक डिजाइन रहेको छ । यसमा भएका विशेषताहरुले ग्योलेक्सी ब्डं फोन अझ बढी आकर्षक, एवं अझ बढी चलाउन सहज भएको छ ।

“सामसङले उपभोक्ताहरुका चाहना एवं आवश्यकतालाई पूरा गर्ने खालको उपकरण तयार गर्नमा केन्दित रहेको छ,यसै सिलसिलामा ग्यालेक्सी ब्डं स्मार्टफोन प्रस्तुत गरेका छौं, यसमा भएको इन्फिनिटि डिस्प्ले तथा लाइभ फोकसका साथ डुयल क्यामरा युक्त ग्योलेक्सी ब्डं फोनमा यस अघि अन्य फोनमा नभएका विशेष खास सुविधाहरु विद्यमान् छन् । यो फोन हरेक दृष्टिकोणबाट विशेष रहेको छ ।” आइ एम बिज, सामसङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले बताए ।

ग्यालेक्सी ब्डं फोनमा ठूलो स्क्रिन रहेको छ, जुन अगाडि तथा पछाडि एग्रोनोमिक कर्भ ग्लास रहेको छ । आकर्षक ग्लास तथा मेटल फ्रेममा उपलब्ध यो फोनमा सहजै रुपमा हेर्न वा फोनमा भएका सामग्रीहरुसँग सहजै रुपमा अन्तक्र्रिया गर्न सकिन्छ । वेग्लै अनुभवका साथ यसमा विनाकुनै रुकावट सिनेमा हेर्न वा गेम खेल्न सकिन्छ, । १८ः५ः९ रेसियोको डिस्पेले गर्दा ग्राहकले पूरै स्क्रिनमा सिनेमाको जीवन्त अनुभव प्राप्त गर्न सक्नुहुने छ ।

सामसङ ग्यालेक्सीको ब्डं मा १६ मेगा पिक्सल तथा ८ मेगापिक्सलका क्यामरा रहेका छन् । यसमा एफ १.९ को डुयल क्यामराले गर्दा आफू चाहेको जस्तो सेल्फी खिच्न सकिन्छ । यो सुविधाले गर्दा व्याक ग्राउन्ड ब्लर गरी क्लोजअप फोटो खिच्न सकिन्छ । यसमा भएको लाईभ फोकसको विशेषताले गर्दा फोटो खिच्नु अघि वा खिचिसके पछि उच्चस्तरीय फोटो तयार गर्न सकिन्छ । १६ मेगा पिक्सल एफ १.७ रियर क्यामराले गर्दा अध्यारो एवं उज्यालोको अवस्थामा पनि सफा, तथा चहकिलो फोटो खिच्न सकिन्छ । साथै यसमा भएका थुप्रै रमाइला विकल्पहरुको प्रयोग गरी फोटोहरु खिच्न सकिन्छ । द्यष्हदथ को सहयोग लिन पनि सकिन्छ ।

ग्यालेक्सी ब्डं मा फोनलाई अनलक नै नगरी मोबाइलमा आएका जानकारीहरुको विवरण प्राप्त गर्न सकिन्छ । यो क्ष्एटड बाट प्रमाणित छ, धुलो तथा पानी प्रतिरोधीबनेको छ । सामसङको यो ए सिरिजमा पहिलो पटक गियर भिआर पनि प्रयोग गर्न सकिन्छ ।

ग्यालेक्सी ब्डं कालो र सुनौलो गरी दुई रंगमा उपलब्ध छ, यसको प्रबर्धनात्मक मूल्य ने.रु. ५९,९९० तोकिएको छ ।

सामसङ इलेक्ट्रोनिक्स् कम्पनी ?
सामसङ इलेक्ट्रोनिक्स् कम्पनी लि. विश्वमा आमूल परिवर्तन ल्याउने आइडिया तथा इन्नोभेसन मार्पmत् नवीन र टेक्नोलोजी–सम्पन्न भविष्यको निर्माण गर्न प्रतिबद्ध छ । कम्पनीले टिभी, स्मार्टफोन, वेरेबल डिभाइसेस, ट्याब्लेट, क्यामेरा, डिजिटल एप्लाएन्सेस, प्रिन्टर, मेडिकल इक्वीप्मेन्ट, नेटवर्क सिस्टम,सेमिकन्डक्टर तथा एलइडी सोल्यूसन्स्को क्षेत्रहरुलाई नयाँ परिभाषा दिँदै आएको छ । सामसङ सम्बन्धी जानकारी तथा अपडेट्सका लागि लभधक।कबmकगलन।अयm मा सामसङ न्यूजरुम हेर्नुहोला ।