खेलकुद

आईओएफटीसी पदाधिकारी र खेलकुद राज्यमन्त्री भेटघाट

काठमाण्डौ । युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले अमेरिकाको पोर्टल्यान्डमा त्यहाँको आइओएफटीसीका कार्यसमितिका सदस्यसँग छलफल गरेका छन् ।
अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप प्रतियोगिताको आयोजना गर्दै आएको आइओएफटीसीको निमन्त्रणामा राज्यमन्त्री चौधरी गत मङ्गलबार अमेरिकाको पोर्टल्यान्ड गएका थिए ।
मन्त्री चौधरीले पोर्टल्यान्डमा रहेको ग्रान्डमास्टर दिवाकर महर्जनद्वारा सञ्चालित युएस वल्र्डक्लास तेक्वान्दो हलिउड स्कुलको अवलोकन गरेका थिए । सो अवसरमा आइओएफटीसी हेडक्वाटरका प्रतियोगिता निर्देशक महर्जनले मन्त्री चौधरीलाई ६० हजार रुपियाँ बराबरको खेलकुद सामाग्री प्रदान गरेका थिए ।