खेलकुद

रामेछाप सिभिल भलीबलमा पश्चिमाञ्चल र मध्यमाञ्चल बाहीरिए

काठमाण्डौ । सुदुर पश्चिमाञ्चल विकास क्षेत्र, शान्तिदिप युवा क्लब र नमुनादिप युवा क्लब तेश्रो रामेछाप सिभिल भलीबल च्याम्पियनसीपमा समुहमा पहिलो स्थान हात पार्दै क्वार्टफाइनल प्रबेश गरे । यसैगरी, पूर्र्वाञ्चल विकास क्षेत्र, मध्यपश्चिमाञ्चल विकास क्षेत्र र हिमगंगा पनि समुहमा दोश्रो स्थान पाउदै क्वार्टरफाइनल प्रबेश गरे । लोकतान्त्रीक खेलकुद संघ रामेछाप र मन्थली युनाइटेड क्वार्टरफाइनलमा प्रबेश गरे पनि यी दुइ विच समुह विजेताको टुंगो शुक्रबार लाग्ने छ ।
रामेछाप जिल्ला खेलकुद विकास समितीको आयोजनमा जारी प्रतियोगिताको बिहिबार भएको खेलमा सुदुर पश्चिमाञ्चलले मध्यमाञ्चललाई २५–१५,२५–१७ र २५ –१५ ले तथा पूर्वाञ्चललाई २५–१६,२५–१५ र २८ –२६ ले हराउदै समुह एमा पहिलो भयो । सो समुहमा पूर्वाञ्चल दोश्रो भयो । यसै समुहमा रहेको मध्यमाञ्चल प्रतियोगिताबाट बाहीरिएको छ । यसैगरी, समुहबीको खेलमा लोकतान्त्रीक खेलकुदले पश्चिमाञ्चललाई १४–२५, २५–१९,१९–२५,२५–१७ र १५ –११ ले हरायो । मन्थली युनाइटेडले पनि पश्चिमाञ्चललाई २७–२५,२७–२५ र २५ –१८ ले हराउदै समुहबीबाट नकआउट चरणमा प्रबेश गरे । यस समुहबाट पनि पश्चिमाञ्चल बाहीरिएको छ ।
मध्यपश्चिमलाई २५–१३,२५–१८ र २५ –१९ ले हराउदै शान्तिदिपले समुहसीमा पहिलो स्थान पायो । समुहडीमा हिमगंगालाई २५–१८,२५–१४ र २५ –२० ले हराउदै नमुनादिन पहिलो भएको हो ।
लिगकम नकआउट आधारमा जारी प्रतियोगिता अन्तरगत शुक्रबार क्वार्टरफाइनल र सेमिफाइनल खेल हुने संयोजक सीताराम कार्कीले जानकारी दिए । शुक्रबार नै समुह चरणको एक खेल पनि हुने छ । शनीबार सम्पन्न हुने प्रतियोगिताको उपाधि विजेता टोलीले १ लाख ५० हजार तथा उपविजयी टोलीले १ लाख रुपैया पुरस्कार पाउने छ । यसैगरी, तेश्रो हुने टोलीले ५० हजार रुपैया पुरस्कार पाउने छ । ३५ हजार रुपैया सान्त्वना पुरस्कार रहेको प्रतियोगितामा उत्कृष्ट खेलाडीले १० हजार रुपैया पुरस्कार पाउने छन् । उत्कृष्ट, डिफेन्डर, ब्लकर,सेटर, स्पाइकर र सर्वरलाई ५÷५ हजार रुपैया प्रदान गरिने छ ।