आर्थिक

ग्लोबल आइएमई बैंकको थप ३ शाखारहित बैंकिङ्ग सेवा

काठमाण्डौ ।ग्लोबल आइएमई बैंकले बुधबार देखि तीन स्थानमा नयाँ साखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । कपिलबस्तु जिल्लाको कपिलबस्तु नरपालिका वडा नं. ९, जगदिशपुरमा आफ्नो ६६ औँ र मिति २०७४ माघ १८ गते बिहिबार नवलपरासी वर्दघाट सुस्तापूर्व जिल्लाको हुप्पसीकोट गाउँपालिका वडा नं. ४, झ्यालबासमा ६७ औँ तथा सोहि जिल्लाको कावासोती नगरपालिका वडा नंं. ४ हसौरामा ६८ औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ ।

कपिलबस्तु जिल्लाको जगदिशपुरमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानिय जगदिश गुप्ता, नवलपरासी वर्दघाट सुस्तापूर्व जिल्लाको झ्यालबासमा खोलिएको सेवाको लागि स्थानिय जुद्घ बहादुर थापा र नवलपरासी वर्दघाट सुस्तापूर्व जिल्लाको हसौरामा खोलिएको सेवाको लागि स्थानिय अमित भण्डारीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।