राजनीति

“नेपाल र भारतबीचको सम्बन्ध मेरो भ्रमणले मजबुत बनाउने छ”: स्वराज

काठमाडौँ । भारतका बाह्य मामिलामन्त्री सुष्मा स्वराजले आफू नेपाल कुनै विशेष कार्यसूची लिएर आएको नभई सबैसँंग भेटघाट गर्न मात्रै आएको बताएकी छन् ।
अपराह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यसरी आउने जाने गर्दा दुई देशबीचको सम्बन्ध सुमधुर हुने बताउँदै भनिन्, “नेपाल र भारतबीचको सुमधुर सम्बन्धलाई मेरो भ्रमणले अझै मजबुत बनाउने छ ।”
नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री, नेकपा(एमाले) अध्यक्ष, र राजपा नेता आदिसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।