आर्थिक

सिटिजन्सद्वारा जेष्ठ नागरिकलाई खाना प्रदान

काठमाण्डौ । “योर पार्टनर फोर प्रोग्रेस“ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपालीजनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनलले राजधानीको मीनभवनस्थित निसहाय सेवा सदन जेष्ठ नागरिक आवास गृहका ४० भन्दा वढी वृद्धवृद्धालाई खाना सहयोग गरेको छ ।

स्थापनाकाल देखि नै बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमाजेष्ठ नागरिकलाई खानाप्रदानगर्दै आएको छ । यसैको निरन्तरता स्वरूप यस वर्ष पनि बैंकले उक्त कार्यक्रम संचालन गरेको छ ।

बैंकले देखाएको यस अग्रसरताले जेष्ठ नागरिकको सामाजिक संरक्षणहुने कुरा बैंकका नायव प्रमुखकार्यकारी अधिकृत तथा प्रवक्ता गणेशराज पोखरेलले जानकारी गराएका छन् । ।