खेलकुद

बाबा र एचएचसीएलाई उपाधि

काठमाडौं । बाबा बोर्डिङ स्कुल र एचएचसीएले दोश्रो बौद्ध इन्टरनेसनल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । बाबा ब्वाइज तथा एचएचसीए गल्र्समा च्याम्पियन बने ।
अत्तरखेलस्थित आयोजक बौद्ध इन्टरनेसनल स्कुलको कोर्टमा भएको ब्वाइज फाइनलमा बाबाले नेरिकलाई ४९–४८ को झीनो अन्तरले पराजित ग¥यो । बाबाको जितमा गोकुल मोक्तानले १४ अंक योगदान गरे ।
तेश्रो क्वाटरको समाप्तिसम्म बाबा २९–३७ ले पछि थियो । चौथो तथा अन्तिम क्वाटरमा २०–११ को अग्रता लिदै बाबाले उपाधि सुनिश्चित ग¥यो ।
गल्र्सको उपाधि भिडन्तमा एचएचसीएले बाबालाई ३८–२८ ले हरायो । एचएचसीएकी सन्जु हायु राईले १९ अंक जोडिन् ।
फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय गोकुल र सन्जु ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । ब्वाइजमा आयुश रिमाल र गल्र्समा आर्या बुढा क्षेत्री ‘फेभ्रेट प्लेयर’ घोषित भए । दुवै आयोजक बौद्ध इन्टरनेसनलका हुन् ।
विजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, बौद्ध इन्टरनेसनलका प्रबन्ध निर्देशक अहमद कमललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । साताव्यापी प्रतियोगिताको ब्वाइजमा ८ तथा गल्र्समा ५ टिमले प्रतिस्पर्धा गरेका थिए ।