सूचना प्रविधि

रिफर गराए क्लासिक टेकले सित्तैमा इन्टरनेट दिने

काठमाण्डौ । बिगत आठ वर्षदेखि ईन्टरनेट तथा इनट्रानेट र ICT सम्बन्धित सेवा प्रदान गर्दै आएको इन्टरनेट प्रदायक कम्पनी क्लासिकटेकले नेपालको ७२ जिल्लामा आफ्नो सेवा बिस्तार गरेको छ ।
हाल १८ स्थानमा आफ्ना शाखा स्थापना गरीसकेको यस कम्पनीमा प्रत्यक्ष्य र अप्रत्यक्ष्य गरी ७५० भन्दा बढी कर्मचारी आबद्ध छन भने ३५ हजार भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । बिस्वकै उत्क्रिस्ट जि. पोन प्रबिधीमा आधारित Fiber to the Home सेवाको मध्यमबाट ईन्टरनेट सेवा नेपालमा मुख्य शहरहरुमा उपलब्ध गराइसकेको छ ।

यसका साथै क्लास्सिकटेकले नया इन्टरनेट अफर ‘सित्तैमा’ बजारमा ल्याएको छ । यस ‘सित्तैमा’ अफर अन्तर्गत क्लास्सिकटेकले बार्षिक ग्राहकलाई जडान खर्च, वाइफ़ाइ राउटर र फाइबर केबलका सम्पूर्ण खर्च सित्तैमा उपलब्ध गराउने भएको छ भने १२ Mbps इन्टरनेट प्रति महिना ७७७ रुपैयामा, १८ Mbps ९९९ रुपैयामा, ३० Mbps १०९९ रुपैयामा र ६० Mbps ११९९ रुपैयामा प्रती महिनाको दरले उपलब्ध गराउने भएको छ । यो नेपालकै सस्तो र गुणस्तरिय सेवा भएको कम्पनीको दाबी छ । साथै आफ्ना आफन्त या साथी भाइलाइ यस सेवाको रिफर गराएमा दुवैले एक एक महिनाको सित्तैमा इन्टरनेट सेवा पाउने अफर पनि ल्याएको छ ।