शिक्षा

त्रिभुवन माविलाई सवा करोडभन्दा बढीको सहयोग

गुल्मी । गुल्मीको त्रिभुवन माविका लागि चन्दा बोल कार्यक्रमबाट सवा करोडभन्दा बढीको आर्थिक रकम संकलन भएको छ ।

मुसिकोट नगरपालिका–६ कुर्घाको भुवाचिदीस्थित त्रिभुवन माविका लागि चन्दा संकलन अभियानबाट हालसम्म रु एक करोड २० लाख बराबरको आर्थिक सहयोग प्राप्त भएको विद्यालयका शिक्षक गोपाल रायमाझीले जानकारी दिए ।

विद्यालयले ‘गुणस्तरीय प्राविधिक शिक्षा, नमूना विद्यालय हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित आगामी फागुन ३ देखि ७ गतेसम्म विद्यालयले बृहत्रुपमा स्वर्ण महोत्सव मनाउन गइरहेको छ । स्वर्ण महोत्सवलाई लक्षित गर्दै विद्यालयले आर्थिक संकलन अभियान र प्रचार प्रसारलाई समेत तीव्रताका साथ अगाडि बढाइरहेको विद्यालयका शिक्षक रायमाझीले जानकारी दिए ।