अन्तर्राष्ट्रिय

एकल बजार र हवाई सेवामा उदारीकरणको बहस महत्वपूर्णः अफ्रिकी आयोग प्रमुख

अदिस अबाबा । अफ्रिकाको सम्वृद्धिका लागि अल्पकालिन, मध्यकालिन र दीर्घकालिन लक्ष्यसहित केही महत्वपूर्ण निर्णय गर्दै सफलतापूर्वक सम्पन्न भएको बताइएको अफ्रिकी संघको सम्मेलनले अफ्रिकी एकल बजार र हवाई यातायात सेवामा उदारीकरणको बहसलाई महत्वसाथ प्रस्तुत गरेको बताइएको छ ।

सोमबार सम्पन्न सम्मेलनको समापनपछि सञ्चारकर्मीसँग बोल्दै आयोगका अध्यक्ष माउसा फाकी महमतले भने, “अफ्रिकाको विकासलाई यहाँ आउने प्राकृतिक विपत्तीले प्रभावित पार्ने गरेको छ । भ्रष्टाचार विरुद्ध लड्ने उद्देश्य राख्नु अफ्रिकी विकासका लागि अनिवार्य तथा उचित विकल्प भएको छ ।” “यो हरेक अफ्रिकीको चासोको बिषय भएको छ,” उनले थपे ।

भ्रष्टाचार विरोधी अभियान सबै अफ्रिकी जनताको पहलकदमीमा प्राप्त हुने मुनासिव एवम् एक महत्वपूर्ण लक्ष्य हो, महमतले भने ।

महमतका अनुसार महादेशीय स्वतन्त्र व्यापार क्षेत्र, व्यक्ति तथा सरसामानको स्वतन्त्रताको आन्दोलन तथा आइभरीकोष्टको यामोउसौक्रोमा गरिएको अफ्रिकी एकल बजार र हवाई सेवामा उदारीकरणको बिषयलगायत शीर्षक सम्मेलनमा बहसमा आएका उनले बताए ।

सम्मेलनकै शिलशिलामा भएको अफ्रिकी मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखबीच भएको दुई दिने अधिवेशनले पनि एकल अफ्रिकी हवाई यातायात बजारका बिषयमा औपचारिक प्रतिवद्धता जनाएको बताइएको छ ।

अफ्रिकी कार्यकारी परिषदको प्रतिवेदन, अफ्रिकी आयोग प्रमुखले तयार गरेको सन् २०१७ को जनवरीदेखि डिसेम्बरसम्मको बार्षिक प्रतिवेदन, तथा सम्मेलनको घोषणापत्र कार्यान्वयन प्रतिवेदन लगायतका अफ्रिकी मुलुकका साझा चासोबारेसमेत सम्मेलनमा बहसको बिषय रहेको थियो ।