पु.समाचार

प्रधानन्यायाधीश गोपाल पराजुली दोहोरो मारमा, यसरी खुस्किदैछ उनको पद, यस्तो छ प्रमाण !

काठमाण्डौ । प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपि माग गर्दै डा गोविन्द केसीले जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा निवेदन दर्ता गरेका छन् । केसीले बुधबार बिहान बबरमहलस्थित कार्यालय पुगेर निवेदन दर्ता गरेका हुन् ।

सूचना हक अन्तर्गत निवेदन दर्ता गरिएको डा केसीका सहयोगी डा अभिषेकराज सिंहले बताए । उनीसँगै अधिवक्ताहरु सुरेन्द्रराज भण्डारी र ओमप्रकाश अर्याल, कलाकार रवीन्द्रसिंह बानियाँ प्रशासन पुगेका थिए ।

प्रधानन्यारयाधीश पराजुलीले नागरिकताको प्रतिलिपि लिँदा उमेर सच्याएको आरोप डा केसीले लगाएका छन् । न्याय परिषदले कायम गरेको नागरिकताको विवरण र पराजुलीले पेश गरेको नागरिकताको प्रतिलिपिमा उल्लिखित जन्म मिति फरक रहेको विषयमा लामो समयदेखि विवाद भइरहेको छ ।

सर्वोच्च अदालतले पनि प्रशासनसँग नागरिकताको प्रतिलिपि यसअघि नै मागिसकेको छ । केसीविरुद्दको अपहेलना मुद्दामा आदेश गर्दै सर्वोच्चले पुस २६ गते नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्र माग गरेको थियो ।

पराजुलीमाथि ज्यान मार्ने धम्की दिएको आरोप

प्रधानन्यायाधीश पराजुलीले आफूलाई मार्ने धम्की दिएको भन्दै अधिवक्ता सुरेन्द्र भण्डारीले जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा सुरक्षा माग्दै निवेदन दिएका छन् । बुधबार बिहान सिडिओ कार्यालय गएर भण्डारीले निवेदन गरेका हुन् ।

त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले प्रधान्यायाधीश पराजुलीकाबारे उठाएका प्रश्नको मुद्दामा वहस पैरवी गरेकोप्रति प्रतिशोध साँधेर आफूमाथि बेलाबेलामा धम्की आएको भण्डारीले निवेदनमा उल्लेख गरेका छन् । पराजुलीले ज्यान मार्ने धम्की दिएको प्रमाणित भएमा उनी जेलसमेत जानसक्ने छन् ।

यतिबेला प्रधानन्यायाधीश पराजुली दोहोरो अफ्ठ्यारोमा परेका छन् । यदि उनले दाहोरो नागरिकता लिएको प्रमाणित भएमा स्वतः उनको पद गुम्ने छ । पराजुलीमाथि दुईवटा कानुनी झन्झट आइपरेकाले भण्डारी र केसी उनको टाउको दुखाईको विषय बनेका छन् । यसरी प्रधानन्यायाधीशमाथि नै औला उठाउने केसी नेपालको इतिहासमा पहिलो व्यक्ति हुन् । वास्तवमा पराजुलीको भविष्य काठमाण्डौ जिल्ला अदालतको हातमा रहेको छ । उसले भोली के निर्णय गर्छ त्यो भने कुर्न बाँकी नै छ ।