पु.समाचार

भारतीय विदेश मन्त्री स्वराज बिहीबार आउँदै

काठमाडौँ । भारतका बाह्य मामिला मन्त्री सुष्मास्वराज पर्सि बिहीबार नेपालको दुईदिने भ्रमणमा आउकने भएका छन् । ।

यहाँ रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री शेरबहादुर देउवा, प्रमुख राजनीतिक दलका शीर्षनेतासँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालमा संविधान कार्यान्वयनका क्रममा तीनवटै तहका निर्वाचन सम्पन्न भएपछि हुन लागेको भारतका बाह्य मामिला मन्त्रीको भ्रमणलाई नेपाल र भारतका जनताले अर्थपूर्ण रुपमा लिएका छन् ।

यसैबीच भारतको बाह्य मामिला मन्त्रालयले गत सोमबार जारी गरेको विज्ञप्तिमा भारत र नेपालबीचको उच्चस्तरीय राजनीतिक संवादको निरन्तरताको स्वरुपका रुपमा बाह्य मामिला मन्त्रीको नेपाल भ्रमण हुन लागेको जनाइएको छ ।