आर्थिक

अशोक लेलैण्डकोनयाँ क्याप्टेन टिपरको ग्रान्ड लन्चअब नेपालमा

काठमाडौं । आइएमईमोटर्स प्रालिको अशोक लेलैण्डको व्यबसायिक गाडीहरुको नेपालका लागि आधिकारिक बिक्रेता, तथा आइएमईग्रुप अन्तर्गतको अटोमोबाइल सेवाप्रवाहकएक भगिनी संस्थाले धेरै प्रतीक्षा पछि “क्याप्टेन” टिपरको नेपालमा बिक्रिवितरणको काठमाडौँमा एक कार्यक्रममार्फत सुरुवात गरेको छ ।

उक्त कार्याक्रममा आइएमईग्रुपका कार्यकारी अध्यक्ष चन्द्र प्रसाद ढकाल र अशोक लेलैण्ड का ग्लोबल ट्रकको प्रेसिडेन्ट अनुजकथुरियाको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा आइएमई गु्रपका प्रबन्धनिर्देशक हेमराज ढकाल, आइएमई मोटर्स का निर्देशकहरु  सन्दिप अग्रवाल,  सुमन पोखरेल, इश्वर कार्की, आइएमई मोटर्स का प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटी, अशोक लेलैन्ड ग्लोबल ट्रक्र्स—भाइस प्रेसिडेन्ट सुभेन्दु मोइत्रा, अशोक लेलैन्ड कम्पनीका पुर्वी सार्क क्षेत्रिय प्रबन्धक तन्मयमित्रा आदिको उपस्थिती थियो ।

अशोक लेलैंडको मेण्टेनन्स मैत्री प्रतिष्ठालाई जारि राख्दै क्याप्टेन सिरिजका गाडीहरु जसमा उच्चमा इलेज, बढ्दो सवारी अपटाइम र कमभन्दाकमटीप समय रहेका छ । जसले गर्दा सवारी सञ्चालन लागत कम गर्दछ । क्याप्टेन गाडीहरुमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक बिशेषताहरु भएकोले चलकलाई गाडीको विभिन्न अवस्थाहरुको बारेमा जानकारी प्राप्त हुन्छ ।यस ट्रकले नेपालको उच्च दक्षताभएको ट्रकको बढ्दो मागलाई पुरा गर्नेछ ।

क्याप्टेन टिपरका मुख्य आकर्षण भनेको राम्रो कार्यदक्षतार चालकलाई आरामदाई क्याबिनरहेको छ । यसमा ६ प्रकारको एड्जस्टेबल सस्पेण्डेड चालक सिट, टिल्टेबल र टेलिस्कोपिक स्टियरिङ्ग कलमं, वातानुकुलित क्याबिन र म्युजिक सिस्टम रहेको छ ।
क्याप्टेनसिरिजका गाडीहरुले ३ वटा क्षेत्रहरु जस्तै चालकलाई आराम, विश्वसनीय तार कार्यक्षमतालाई ध्यान दिदैं नेपाली बजारमा प्रतिस्पर्धामा उत्रेको छ । भारतमा सन् २०१४मा लन्चभएको क्याप्टेन सिरिजका ट्रकहरुतथा टिपरहरु १६ देखि ४९ टनसम्मका विभिन्न प्रकारका टिपर, ट्रेक्टर र ट्रक उपलब्ध छन् । यस सुरुवातको अवसरमा आइएमई मोटर्स का प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले भने, “अशोक लेलैण्ड ट्रकले नेपाली बजारमा एक विश्वसनीय ब्रान्डको हिसाबमा नाम कमाएको छ र नयाँ क्याप्टेनले यसको बिरासतलाई अगाडी बढाउने र ग्राहकहरुको अपेक्षालाई सर्वोपरी गर्दै अगाडी बढ्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छौं ।”

हिन्दुजा ग्रुप अन्तर्गत अशोक लेलैण्ड भारतीय उत्पादक कम्पनी हो जसको भारतको चेन्नाईमा मुख्यालय रहेको छ । अशोक लेलैण्ड १९४८ मा स्थापित यो कम्पनी व्यवसायीक वाहनमा भारतको दोश्रो ठूलो उत्पादक कम्पनी हो । साथै ट्रक टिपर उत्पादकमा विश्वको बाह्रौं ठूलो उत्पादक हो । अशोक लेलैण्ड सच्चा व्याबसियक सवारी साधान उत्पादक कम्पनी हो जसको विश्वमा ९ ओटा उत्पादन प्लाण्टहरु रहेको रहेका छन् । अशोक लेलैण्ड स्पेयर पार्टसहरु र औद्योगिक र समुद्री प्रयोगका इन्जिन पनि उत्पादन गर्ने कम्पनीहो । अशोक लेलैण्डमा यात्री परिवहनको १८ सिट देखि ८० सिट क्षमताका विभिन्न बसहरु रकेका छन र बसको बजारमा ठूला पकड रहेको छ । अशोक लेलैण्डको मालवहाक वर्गमा २.५ टन देखि ४९ टन सम्मका विकल्पहरु उपलब्ध छन् ।

नेपालमा उपलब्ध अशोक लेलैण्डका गाडीहरुः ट्रक/टिपर, बस, साना तथा मझौला व्यबसायिक गाडीहरु, डिफेन्स प्रयोजन लगायत अन्य बिशेष गाडीहरु आइएमई मोटर्स नेपालकालागि अशोक लेलैण्ड कमर्सियल गाडी हरुको आधिकारिक बिक्रेता हो । नेपालभर आफ्ना शाखा तथा डिलरका सेल्स, सर्भिसर पार्ट्स नेटवर्क मार्फत आइएमई मोटर्सले ग्राहकहरुलाई सजिलो र सुलभ तरिकाले सेवा प्रबाहगर्दै आएको छ ।युवा, सक्षम र उर्जावान जनशक्तिका साथमा आइएमई मोटर्स प्रालि नेपालमा महत्वपुर्ण अटोमोबाइल कम्पनीको रुपमा अगाडी बढीरहेको छ ।