विचित्र संसार

ठमेलमा उच्च लेवलका महिला समेत यसरी मुछिन्छन् यौन धन्दामा, कमाई लाखौँ

काठमाडौं । क्यानडाबाट आएर सीधै ठमेल पुगेका एक गैरआवासीय नेपालीलाई ट्याक्सी चालक अनिल तामाङ र सञ्जीव बोहोराले योजनाबद्ध रूपमा नायिका मिलाउने भन्दै मदिरामा बेहोस हुने औषधि मिलाएर लुटे । ५ साउनमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले उनीहरूलाई पक्राउ गरी चोरी मुद्दा चलायो ।

अदालतले दुवैलाई २५–२५ हजार धरौटीमा छाडिदिएको वृत्तका डिएसपी सोमेन्द्रसिंह राठौरले बताए । एक युवतीसँग जबर्जस्ती सम्बन्ध राखेको आरोपमा एक सातादेखि एक विदेशी नागरिक र होटेलका कर्मचारी प्रहरी हिरासतमा छन् ।

साउदी अरेबियाको मोताहिन ओभरसिज कम्पनीमा मेनेजरका रूपमा कार्यरत दक्षिण सुडानका नागरिक सिद्दिकी इब्राहिम हसन इब्राहिमलाई प्रहरीले होटेल तायमाबाट पक्राउ गरेको हो । बसुन्धारास्थित क्षितिज इम्प्लोइमेन्ट सर्भिस कम्पनीमार्फत नेपाली कामदार छनोटका लागि आएका उनी ठमेलमा बसेर हरेक दिन नयाँ–नयाँ युवतीसँग रमाइलो गर्थे ।

अचम्मलाग्दो कुरा के थियो भने युवतीले वेश्यावृत्तिबाट कमाएको पैसाले चारजना अनाथ बालबालिकालाई पढाउादै आएकी थिइन् । आफू पनि टुहुरी भएकाले चार टुहुरा बालबालिकालाई उनले होस्टेलमा राखेर पढाउादै आएकी हुन् ।

नेपालमा बिहे गर्न गाह्रो हुने भएकाले उनी इजरायल गएर उतै बस्ने तयारीमा छिन् । सरिता केसी धादिङ घर भएकी २१ वर्षीया युवती हुन् ।

ठमेलका डिस्कोहरू धाइरहने उनी पछिल्लो एक वर्षमा तीनपटक पक्राउ परिसकेकी छिन् । ‘सबै घटना उस्तै छन्,’ डिएसपी राठौर भन्छन्, ‘होटेलमा गएपछि युवकलाई नुहाउन लगाउने र धनमाल लिएर भाग्ने ।’ प्रहरीले पक्राउ गरेपछि आफूलाई मुद्दा चलाए युवकले आफूलाई बलात्कार प्रयास गरेको र त्यसमा उसलाई पनि मुद्दा चलाउनुपर्ने भन्दै बार्गेनिङ गरेर छुट्ने गरेकी छिन् ।

गत ११ वैशाखमा दरबारमार्गमा दुई ट्याक्सी चालक पाँच युवतीसहित पक्राउ परे । दरबारमार्ग र कमलादी क्षेत्रमा ट्याक्सीमा युवती राखेर घुमिरहने चालक गणेश मगर र आइते लामालाई प्रहरीले पक्राउ गरेको थियो ।

ट्याक्सी चालकको आवरणमा उनीहरूको खास पेसा भने यौनकर्मी युवतीलाई ग्राहक मिलाउनु हो । त्यसकारण युवतीहरू ट्याक्सीमा लिएर उनीहरू ग्राहक खोज्दै हिाडेका थिए । नायिकाको चक्करमा क्यानडामा पिआर लिएर बस्दै आएका भक्तपुरका मिराज गौतम ९नाम परिवर्तन० गत ४ असारमा नेपाल आए । एयरपोर्टबाट उनी घर गएनन्, सीधै ठमेल हान्निए ।

ठमेलको रात्रिजीवनको मजा लिएर मात्र उनी घर जान चाहन्थे । ठमेलको एक होटेलमा झोला राखेर ‘फ्रेस’ भई उनी घुम्न निस्किए । करिब एक लाख रुपैयाँबराबरको क्यानेडियन डलर साटेर नर्सिङचोकमा रहेको इभिजा डिस्कोमा छिरे । डिस्कोमा मदिरा पिएर नाच्न थाले । मदिराको नशा लाग्दै गएपछि नाच्ने युवतीसँग नजिकिए । केहीलाई आफूसँग जाने प्रस्ताव राखे ।

तर, कसैले नमानेपछि निराश भएर सडकमा निस्किए । ‘दाइ, के चाहियो रु’ डिस्कोबाट निस्किएलगत्तै एक युवकको उनलाई प्रश्न गरे । ‘के–के मिलाउन सक्छौ रु’ उनले डिल सुरु गरे । युवकले होटेल तथा केटी मिलाउन सक्ने बताए ।

तर, आफूलाई ‘ए वान’ केटी चाहिने भन्दै सडक छेउमै बसेर उनले कुरा अघि बढाए । देशका चर्चित नायिका नै मिलाउन सक्ने प्रस्ताव उनलाई आयो । मोडल सस्तो हुने र नायिका अलि महागो हुने भन्दै युवकले बार्गेनिङ सुरु गरे ।

नजिकै रहेका ट्याक्सी चालकलाई युवकले बोलाएर केही मोडलको तस्बिर देखाए । तर, एक चर्चित नायिका नै मिलाउने भनेपछि उनले मोडलभन्दा पनि नायिकालाई नै रोजे । नायिकको ४० हजार चाहिने प्रस्ताव राखे । मन परेकी नायिका भएकाले उनी एक रातको ४५ हजार रुपैयाँ तिर्ने भन्दै झन् उदार भए ।

सोही ट्याक्सीमा बसेर उनी गौशालातर्फ लागे । बाटोमा १० वटा कन्डम किने । गौशालाको एक लजमा पुगेपछि त्यहाँ लैजाने युवकले नायिका आउन केही समय लाग्ने र त्यतिवेलासम्म मदिरा पिउने प्रस्ताव राखे । पहिले नै मात्तिसकेका गौतमले त्यो प्रस्ताव पनि स्वीकार गरे । ट्याक्सी चालक र युवकले पहिले नै मदिरा खरिद गरिसकेका थिए । एक पेग मदिरा पिएलगत्तै युवक बेहोस भएर ढले । दुई युवक उनीसँग रहेको पैसा लिएर हिडे ।
ट्याक्सी चालक अनिल तामाङ र केटी मिलाउने सञ्जीव बोहोराले योजनाबद्ध रूपमा नायिका मिलाउने भन्दै मदिरामा बेहोस हुने औषधि मिलाएर लुटेका हुन् । ५ साउनमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले उनीहरूलाई पक्राउ गरी चोरी मुद्दा चलायो । अदालतले दुवैलाई २५–२५ हजार धरौटीमा छाडिदिएको वृत्तका डिएसपी सोमेन्द्रसिंह राठौरले बताए ।

काठमाडौंको पर्यटकीय हब ठमेलभित्र हरेक दिनजसो यस्ता घटना भइरहन्छन् । वेश्यावृत्ति, ठगी र लागुऔषध कारोबारको हबका रूपमा ठमेल बदनाम हुने थालेको छ ।

एक युवतीसँग जबर्जस्ती सम्बन्ध राखेको आरोपमा एक सातादेखि एक विदेशी नागरिक र होटेलका कर्मचारी प्रहरी हिरासतमा छन् । साउदी अरेबियाको मोताहिन ओभरसिज कम्पनीमा मेनेजरका रूपमा कार्यरत दक्षिण सुडानका नागरिक सिद्दिकी इब्राहिम हसन इब्राहिमलाई प्रहरीले होटेल तायमाबाट पक्राउ गरेको हो । उनी कामदारको अन्तर्वार्ताका लागि नेपाल आएका हुन् ।

बसुन्धारास्थित क्षितिज इम्प्लोइमेन्ट सर्भिस कम्पनीमार्फत उक्त कम्पनीले नेपाली कामदार लिादै आएको छ । ठमेलमा बसेका उनले हरेक दिन नयाँ–नयाँ युवतीसँग रमाइलो गर्दै आएका थिए । गत २६ साउनमा होटेलका कर्मचारी दीपक माझीलाई उनले भर्खरकी युवती खोज्न लगाएका थिए ।

सोहीअनुसार माझीले १८ वर्षकी यौनकर्मीलाई खोजेर उनी बसेको होटेलमा पुर्‍याएका थिए । तर, कालो वर्णको ठूलो ज्यान भएको युवक देख्नेबित्तिकै युवती कोठाबाट निस्कन खोजेकी थिइन् ।

तर, सिद्दिकीले उनलाई जबर्जस्ती बोकेर बेडमा लडाइ सम्बन्ध राख्न खोजेका थिए । युवती भागेर बाथरुममा छिरेकी थिइन् । बाथरुमबाटै प्रहरीको हटलाइन १०० मा फोन गरी उनले आफूमाथि बलात्कार हुन लागेको बताएपछि प्रहरी पुगी युवतीको उद्धार गरेको थियो ।

सिद्दिकी र होटेलका कर्मचारी माझीलाई पक्राउ गरी मानव बेचबिखन मुद्दामा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । माझीले ५ हजार रुपैयाँमा उक्त युवती मिलाइदिएका थिए ।

५ हजारमध्ये ५ सय आफूले राखेर ४ हजार ५ सय युवतीलाई दिएका थिए । दुई महिनाअघि ठमेलको एक होटेलमा वेश्यावृत्ति भइरहेको छ भनेर प्रहरीलाई खबर आयो । प्रहरीले छापा हानी एक जोडीलाई रंगेहात पक्राउ गर्‍यो । पक्राउ पर्ने युवती धादिङकी २१ वर्षीय युवती थिइन् ।

उनको कहानी सुन्दा प्रहरीकै आँखा रसाए । ‘बुबाको किड्नी फेलर भएको छ, डायलालिस गराउनुपर्छ, तीनवटा बहिनी छन्, महिनामा ४० हजारभन्दा धेरै चाहिन्छ, मैले यो पेसा नगरेर के गर्नु सर रु’ यसो भन्दै उनी रुन थालेकी थिइन् ।

८ कक्षा मात्र पढेको र परिवारको जिम्मा आफ्नै काँधमा रहेकाले यस्तो पेसामा लाग्नुपरेको उनको गुनासो थियो । सिन्धुपाल्चोक घर भएकी अर्की एक युवतीको कहानीले प्रहरी झन् चकित भयो ।

ठमेलकै एक होटेलबाट पक्राउ परेकी ती युवती सानैमा टुहुरी भएकी थिइन् । एक दिदीको पछि लाग्दा उनी १८ वर्षको उमेरदेखि यस्तो पेसामा लागिन् । यो पेसाबाट उनले प्रशस्त पैसा कमाएकी छिन् ।

ठमेलमा प्रायस् सबैले उनलाई चिन्छन् । एक होटेलबाट गत महिना पक्राउ परेपछि उनले वेश्यावृत्तिमा लाग्नुको बाध्यता सुनाइन् । अचम्मलाग्दो कुरा के थियो भने उनले यही पेसाबाट कमाएको पैसाले चार अनाथ बालबालिकालाई पढाउादै आएकी थिइन् । आफू पनि टुहुरी भएकाले चार टुहुरा बालबालिकालाई उनले होस्टेलमा राखेर पढाउादै आएकी हुन् ।

नेपालमा बिहे गर्न आफूलाई गाह्रो हुने भएकाले उनी इजरायल गएर उतै बस्ने तयारीमा छिन् । खाजाघरमा यौनधन्दा चितवन घर भएकी १५ वर्षीया सुमना तामाङ ९नाम परिवर्तन०को आमा सानैमा बितिन् । बुबाले दोस्रो बिहे गरे । बुबाले दोस्रो बिहे गरेपछि सौतेनी आमाले उनलाई सधौ पिट्न थालिन् । त्यसपछि उनी दिक्क मानेर गाउँकै एक दिदीसँग काठमाडौंमा होटेलमा काम गर्न आइन् ।

नयाँ बजारको भ्याली कोल्ड स्टोरनजिकै दिदीको खाजाघर थियो । त्यहीा भाडा माझ्ने तथा खाना–खाजा पकाउने काम गर्न थालिन् । दिदीले सरकारी स्कुलमा पनि भर्ना गरिदिएकी थिइन् । होटेलमा आउने ग्राहकले उनीमाथि आँखा लगाउन थाले ।

उनी सुन्दर थिइन्, जिउडाल मिलेको थियो । होटेलमा आइरहने एक ग्राहकले एक दिन उनलाई फकाएर सम्बन्ध राखे । त्यसपछि बिस्तारै अन्य ग्राहकले पनि उनको जवानी लुट्न थाले । उनीसँगै सम्बन्ध राख्न होटेलमा भीड लाग्न थाल्यो । १५ वर्षकै उमेरमा उनी वेश्यावृत्तिमा लागिन् । प्रहरीले सूचना पाएपछि दुई महिनाअघि उक्त खाजाघरमा छापा हानी ग्राहकसहित उनलाई र होटेल सञ्चालिकालाई पक्राउ गर्‍यो । पक्राउ परेपछि उनले आफ्नो व्यथा सुनाइन् ।

त्यसपछि प्रहरीले उनलाई महिलाका लागि महिला नामक संस्थामा बुझायो । पछि, उनका बुबाले बुझेर लगे । गाउँमा गएपछि फेरि उनको जीवन पुरानै बाटोमा गयो । सौतेनी आमाले कुट्न थालिन् । अहिले फेरि नयाँबजारको सोही खाजाघरमा आएर उनले काम गर्न थालेकी छिन् । थरीथरीका यौनकर्मी तीन हप्ताअघिको घटना हो ।

नेपाल घुम्न आएका भारतीय युवक युवती खोज्दै ठमेलको नर्सिङचोकमा थिए । एक युवती उनीसँग नजिकिइन् । उनीहरूबीच पैसामा बार्गेनिङ सुरु भयो । युवकले एक हजार पााच सय दिने बताए, युवतीले चार हजार मागिन् । उनीहरूबीच दुई हजार रुपैयाँमा सहमति भयो । युवतीले होटेलमा लिएर गइन् । युवकलाई नुहाउन लगाइन् ।

त्यसपछि युवकको मोबाइल तथा पैसा लिएर ढोकामा बाहिरबाट चुकुल लगाएर उनी टाप कसिन् । युवकको उजुरीका आधारमा उनी पक्राउ परिन् । सोह्रखुट्टे वृत्तका एक प्रहरीका अनुसार ट्याक्सी चालककी श्रीमती उनी ८ महिनाकी गर्भवती थिइन् । प्रहरीले चोरी मुद्दामा उनीमाथि कारबाही गरेको छ । सरिता केसी धादिङ घर भएकी २१ वर्षीय युवती हुन् ।

ठमेलका डिस्कोहरू धाइरहेन उनी पछिल्लो एक वर्षमा तीनपटक पक्राउ परिसकेकी छिन् । ‘सबै घटना उस्तै छन्,’ डिएसपी राठौर भन्छन्, ‘होटेलमा गएपछि युवकलाई नुहाउन लगाउने र धनमाल लिएर भाग्ने ।’

प्रहरीले पक्राउ गरेपछि आफूलाई मुद्दा चलाए युवकले आफूलाई बलात्कार प्रयास गरेको र त्यसमा उसलाई पनि मुद्दा चलाउनुपर्ने भन्दै बार्गेनिङ गरेर छुट्ने गरेकी छिन् । ट्याक्सीचालकको कमाइ मासिक चार लाख १ गत ११ वैशाखमा दरबारमार्गमा दुई ट्याक्सी चालक पाँच युवतीसहित पक्राउ परे ।

दरबारमार्ग र कमलादी क्षेत्रमा ट्याक्सीमा युवती राखेर घुमिरहने चालक गणेश मगर र आइते लामालाई प्रहरीले पक्राउ गरेको थियो । ट्याक्सी चालकको आवरणमा उनीहरूको खास पेसा भने यौनकर्मीै युवतीलाई ग्राहक मिलाउनु हो । त्यसकारण युवतीहरू ट्याक्सीमा लिएर उनीहरू ग्राहक खोज्दै हिाडेका थिए । केही दिनअघि उनीहरूले एक युवकलाई धेरै पैसा लिएर ठगी गरेको उजुरीका आधारमा प्रहरीले पिछा गरी उनीहरूलाई पक्राउ गरेको थियो ।

‘उनीहरू यौनधन्दामा लागेका युवतीलाई ग्राहक मिलाउने र केटी खोज्नेलाई त्यस्ता केटी मिलाएर कमिसन खाने गरेका रहेछन्,’ महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी कृष्ण पल्ली मगरले भने । राजधानीमा धेरै ट्याक्सी चालक यस्तै केटी मिलाउने दलालका रूपमा कार्यरत छन् ।

गत महिना क्यानडाबाट यौन पार्टनर खोज्दै ठमेल गएका भक्तपुरका मिराज गौतम ९नाम परिवर्तन०लाई नायिका मिलाइदिने भन्दै बेहोस बनाएर लुट्ने घटनामा पनि ट्याक्सी चालकको संलग्नता खुलेको थियो । ट्याक्सी चालक अनिल तामाङले गौतमलाई गौशालाको एक लजमा पुर्‍याएर मदिरामा बेहोस हुने औषधि मिसाएर खुवाई लुटेका हुन् ।

‘ट्याक्सी चालकहरूले यस्तो कामबाट महिनामा ३–४ लाख कमाउाछन् भन्ने सुनिन्छ,’ महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी सोमेन्द्रसिंह राठौर भन्छन्, ‘कतिपय ट्याक्सी चालक यौनकर्मी मिलाउनदेखि लुटपाटमा समेत पक्राउ परेका छन् ।’

तेस्रोलिंगीको “आतंक”
लाजिम्पाटको सिटी होटेलअगाडि गत सोमबार एक युवकले तेस्रो लिंगीलाई जिस्क्याउन थाले । त्यहाँ आधा दर्जनभन्दा बढी तेस्रो लिंगी बसिरहेका थिए । फोन गर्न भन्दै उनीहरूले युवकसँग मोबाइल मागे ।

मोबाइल लिएपछि हेल्मेटले हानी युवकलाई घाइते बनाई पैसा लुटे । युवकले उजुरी गरेपछि महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले सो क्षेत्रमा बस्नै सबै तेस्रो लिंगीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

केही दिनअघि मात्र एक सरकारी कर्मचारी नै ठमेलमा लुटिए । साथीसँग मदिरा खान आएका ती कर्मचारी तेस्रो लिंगीसँग जिस्कन थालेपछि उनीहरूले मोबाइल लुटे । श्रीमतीले फोन गर्दा आफू गर्लफ्रेन्ड बोलेको भन्दै फोनमा कुरा गर्न थालेपछि कर्मचारी झन् संकटमा परे ।

त्यसपछि मोबाइल फिर्ता गराउनुपर्दैन, मोबाइल बन्द गराइदिनुपर्‍यो भन्दै ती कर्मचारी प्रहरीकहाा गए । धेरै वर्षदेखि ठमेलको सञ्चय कोष भवनआसपास तथा केशरमहलमा तेस्रो लिंगी सडकमा बस्ने गरेका छन् ।

भगवानबहाल क्षेत्रका गल्लीमा तेस्रोलिंगीले सर्वसाधारणलाई लट्ने गरेका छन् । यौनजन्य गतिविधिका लागि एकान्तमा लगेर उनीहरूले लुट्ने गरेका हुन् । कतिपयले प्रहरीमा उजुरी गर्छन् भने केहीले इज्जत जाने डरले उजुरी गर्दैनन् । प्रहरी अधिकारीका अनुसार ठमेलमा तीन किमिसका तेस्रो लिंगी छन् ।

एकथरी मदिरा पिउने, डिस्को जाने रमाइलो गर्नकै लागि ठमेल जान्छन् । दोस्रोथरी वेश्यावृत्तिका लागि जाने गर्छन् । तेस्रोथरी भने लुटपाटमा सक्रिय रहेको प्रहरी अधिकारी बताउाछन् । उनीहरू प्राया लाजिम्पाट क्षेत्रमा बस्छन् ।

लाजिम्पाटको सिटी होटेलको पछाडि बस्ने भएकाले उक्त क्षेत्रमा धेरै लुटपाट हुने गरेका छन् । ‘पक्राउ गरेर थुन्यो, छुटेपछि फेरि त्यही पेसामा फर्कन्छन्,’ दरबारमार्ग प्रहरी वृत्तका डिएसपी कृष्णबहादुर पल्ली मगर भन्छन्, ‘प्रहरीलाई देख्नेबित्तिकै भाग्ने गर्छन्, तेस्रो लिंगीको समस्या यो क्षेत्रमा ठूलै समस्या बनेको छ ।’

नयाँ पत्रिका दैनिकले अगाडी लेख्छ – लागुऔषध र साना हतियार पर्यटकलाई लक्षित गरी खुलेआम गाँजादेखि ब्राउन सुगरसम्मका लागुऔषध बिक्री हुने गरेको छ । ठमेलकै लागि लक्षित गरी धादिङबाट ल्याइएको पाँच किलो चरेस गत साता मात्र प्रहरीले बरामद गरेको थियो । प्रहरी अधिकारीका अनुसार हरेक हप्ता ठमेलमा पााच–सात केजी चरेस भित्रने गरेको छ ।

सोह्रखुट्टे वृत्तका डिएसपी सोमेन्द्रसिंह राठौर पनि ठमेलमा लागुऔषध कारोबार हुने स्वीकार गर्छन् । आफूहरूले सकेसम्म नियन्त्रण गरेपछि थोरै मात्र सफल हुने उनी बताउाछन् । ‘लागुऔषध समाउन धेरै समय र पैसा लाग्छ,’ उनी भन्छन्, ‘हामीसँग स्रोतसाधनको कमी छ ।’

साना हतियार पनि ठमेलमा रहेको प्रहरी अधिकारी बताउाछन् । पााच महिनाको अवधिमा आफूले दुईवटा पेस्तोल बरामद गरेको डिएसपी राठौरले बताए । गुन्डागर्दीमा संलग्न व्यक्तिको पनि केन्द्र भएकाले हतियार रहेको प्रहरी विश्लेषण छ । चार हजार व्यवसाय ठमेल क्षेत्रमा विभिन्न चार हजार व्यवसाय सञ्चालित छन् ।

ठमेल पर्यटन परिषद्का अध्यक्ष रामशरण थपलियाका अनुसार ठमेलमा तीन सयवटा होटेल छन् । त्यस्तै, दुई सय ५५ रेस्टुरेन्ट, दुई सय ५० ट्राभल एजेन्सी सञ्चालित छन् । ठमेलमा केही विकृति रहेको र त्यसमा सुधारको प्रयास भइरहेको अध्यक्ष थपलियाको दाबी छ । भक्तपुर डट् नेटका अनुसार, आफूहरूको पहलमा ३६ वटा सिसिटिभी जडान गरिएको र ठमेललाई मर्यादित बनाउने प्रयास भइरहेको उनी बताउँछन् ।