सूचना प्रविधि

सामसुङद्वारा ग्यालेक्सी जेसेवेन एनएक्स्टी ३२ जीबी सार्वजनिक

काठमाडौं । अग्रणी वैश्विक प्राविधिक ब्राण्ड सामसुङले नेपाली बजारमा ग्यालेक्सी जेसेवेन एनएक्स्टी सार्वजनिक गरेको छ । सार्वजनिक नयाँ फोनमा जीवन्त दृश्यानुभुतिका लागि ५.५ ईञ्चको एचडी एसएमोलेड स्क्रिनको प्रयोग गरिएको छ । यसले विस्तृत विवरण र वास्तविक रंग सम्प्रेशन गरी प्रयोगकर्तालाई उत्कृष्ट दृश्यानुभव प्रदान गर्छ ।

सञ्चय क्षमता :
ग्यालेक्सी जेसेवेन एनएक्स्टीमा सहज परिचालनअ अनुभवका लागि शक्तिशाली एक्जिनोस ओक्टा कोर प्रोेशेसर १.६ जीएचजेड प्रोसेसरको प्रयोग गरिएको छ । यसमा रहेको अत्याधुनिक अक्टाकोर प्रोसेसर र ३ जीबी ¥यामले डाउनलोड गर्न, गेम खेल्न, एकबाट अर्को एप्समा स्विच गर्ने लगायत कार्य सहजरुपमा गर्न सघाउँछ । फोनमा आन्तरिक सञ्चय क्षमताका लागि ३२ जीबी क्षमताको रोम उपलब्ध गरिएको छ । प्रयोगकर्ताले आवश्यकता पर्दा आफ्नो ईच्छा अनुसार एसडी कार्डको माध्यमबाट यसलाई २ सय ५६ जीबी सम्म बढाउन सक्छन् ।

सहज परिचालन :
सार्वजनिक ग्यालेक्सी जेसेवेन एनएक्स्टीमा अदृतिय अनुभवका लागि एण्ड्रोइड नोउगट सञ्चालन प्रणालीको प्रयोग गरिएको छ । मल्टि—विण्डो सपोर्टदेखि नयाँ ईमोजी तथा नोटिफिकेशन्सको सिधै जवाफ दिने कार्य लगायतका लागि नोउगटले सहजता प्रदान गर्छ ।

क्यामेरा :
फोनमा कम्पनीले सेल्फी तथा रियर सटमा उत्कृष्टताका लागि दूई ओटा शक्तिशाली क्यामेरा जडान गरेको छ । रियर सटका लागि फोनमा एफ १.९ एपर्चर सहितको १३ मेगापिक्सेल क्षमताको क्यामेरा उपलब्ध गरिएको छ । त्यसैगरी, सेल्फीका लागि एफ २.२ एपर्चर सहितको ५ मेगापिकसेल क्षमताको क्यामेरा जडान गरिएको छ । फ्रण्ट क्यामेरामा अँध्यारोमा समेत उत्कृष्ट सट लिन सकियोस् भन्ने सोचका साथ एलइडी फ्ल्यासको समेत ब्यवस्था गरिएको छ । साथै, हरेक सेल्फीमा उत्कृष्टताका लागि फ्रण्ट क्यामेरामा कम्पनीले ब्यूटि मोडपनि उपलब्ध गरेको छ । यो फिचरले अनुहारका चारित्रिक गुणलाई थप उजागर तथा उज्यालो देखाउन सघाउने कम्पनीको दावी छ । तस्विरलाई अझ आकर्षक देखाउन क्यामेरामा बोके ईफेक्टको ब्यवस्थापनि रहेको छ । यो फिचरले सेल्फीलाई सहजै पोट्र्रेटमा ढाल्न सघाउँछ ।

प्रिमियम डिजाइन :
अत्याधुनिक प्रविधि तथा नवप्रबर्तनात्मक फिचर्सका साथै फोनलाई थप आकर्षक देखाउने सोचका साथ यसमा उत्कृष्ट तवरले (फ्ललेसली) क्राफ्ट गरिएको यूनिफाइड कलर स्किमको प्रयोग गरिएको छ । फोनमा उपलब्ध गरिएको प्याटर्नड् ब्याकले यसलाई हत्केलामा बोक्दा सहज तथा आरामदायी अनुभव प्रदान गर्छ । समग्रमा भन्नु पर्दा फोनमा उपलब्ध गरिएको डिजाइनले प्रयोगकर्तालाई प्रिमियम अनुभव प्रदान गर्छ ।

ब्याट्री :
फोनको प्रयोग दिनभर गर्नुपर्दा ब्याट्रीका कारण उत्पन्न हुन सक्ने समस्यालाई विशेष दृष्टिगत गर्दै कम्पनीले फोनमा ३ हजार एमएएच क्षमताको शक्तिशाली रिमुभेवल ब्याट्रीको प्रयोग गरिएको छ । कम्पनीका अनुसार फोनमा प्रयोग गरिएको ब्याट्रीले १३ घण्टा सम्म निरन्तर ईन्टरनेट प्रयोग (वाईफाई), १७ घण्टा सम्म भिडियो प्लेब्याक, ८० घण्टा सम्म अडियो प्लेब्याक र २१ घण्टा सम्मको टक टाइम दिने क्षमता राख्छ ।

रंग र मूल्य :
मूल्य रु. २१ हजार ९ सय ९० निर्धारण गरिएको ग्लालेक्सी जेसेवेन एनएक्स्टी कम्पनीले सिल्भर, गोल्ड र ब्ल्याक गरी तीन भिन्न रंगमा सार्वजनिक गरेको छ ।