समाचार

सुनवलमा वृद्धाश्रम निर्माण

नवलपरासी । बर्दघाट सुस्ता पश्चिमस्थित सुनवलमा एक वृद्धाश्रम निमार्ण गरिएको छ ।

सुनवल– १३ बडेरामा ३० वृद्धवृद्धा राख्न मिल्ने सो आश्रम निर्माणका लागि लुम्बिनी विकास पर्यटन बोर्डबाट रु १० लाख, सांसद विकास कोषबाट रु दुई लाख, साविक रामनगर गाविसबाट रु एक लाख उपलब्ध हुनाका साथै सस्थाको आजीवन सदस्यबाट रु २३ लाख व्यहोरिएको आश्रमका सल्लाहाकार समाजसेवी उपेन्द्रमान प्रधानले जानकारी दिए।

विसं २०६५मा स्थापनासाल भएको सो बृद्धाश्रममा हाल १५ जनाले आश्रय लिइरहेका छन् ।