शिक्षा

विद्यालय पुनःनिर्माण नभएकामा चिन्ता व्यक्त

काठमाडौँ । गोरखा भूकम्पबाट क्षतिग्रस्त बनेका काभ्रेपलाञ्चोकका अधिकांश विद्यालयको अझै पनि पुनःनिर्माण नभएकामा साउथ चाइना विद्यालयका शिक्षक तथा विद्यार्थीले चिन्ता व्यक्त गरेका छन् ।

जिल्लाका विभिन्न विद्यालयको स्थलगत अवलोकन सम्पन्न गरी राजधानीमा नेपाल सहभागीमूलक कार्य समूह ९नेपान०ले आयोजना गरेको अन्तरक्रियामा उनीहरुले अझै पनि विद्यार्थीहरु जोखिममा बसेर अध्ययन गर्नु परेकामा चिन्ता व्यक्त गर्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा प्राडा दीपकराज पन्तले प्रकोपपछिको पुनःनिर्माण र व्यवस्थापनमा विद्यालयको सहभागिता विषयक प्रस्तुति दिनुभएको थियो । उनले समुदायमा हुने प्रकोपजन्य व्यवस्थापनमा विद्यार्थी, शिक्षक र अभिभावकलाई सहभागी गराउन जरुरी भएको बताए ।

उनले इण्डोनेसियाको आचे प्रान्त, जापानको सुनामीग्रस्त क्षेत्र र स्विजरल्याण्डको प्रकोपपछिको पुनःस्थापना र व्यवस्थापन गरिएको उदाहरण प्रस्तुत गरे ।

सो अवसरमा साउथ चाइना विद्यार्थीको प्रतिनिधिमण्डलका प्रमुख अमेरिकी अध्यापक क्रिस्टोफर पिकेटले लामो समयसम्म पुनःनिर्माणमा ढिलाइ हुँदापनि नेपालीको हँसिलोपन र सहनशीलताबाट आफूहरु प्रभावित भएको बताए । प्रतिनिधिमण्डलमा १५ जना विद्यार्थी सहभागी छन् ।

नेपानको १२०औँ शृङ्खलाअन्तर्गत भएको सो अन्तरक्रिया कार्यक्रममा नेपानका अध्यक्ष चेतनाथ कणेंल, कार्यकारी निर्देशक फटिकबहादुर थापा र सदस्य मीनाक्षी दाहालले संस्थाले नीतिनिर्माण कार्यमा सरकारलाई गरेको सहयोग र विकासकर्मीको क्षमता अभिवृद्धिमा पु¥याएको योगदानका बारेमा प्रकाश पारेका थिए ।