पु.समाचार

शहिद दिवसको अवशरमा माघ १६ गते नेविसंघको आयोजनामा बिशाल रक्तदान

काठमाण्डौ । शहिद दिवसको अवसरमा नेपाली काँग्रेसको भातृ संगठन नेविसंघले माघ १६ गते रक्तदान कार्यक्रम गर्ने भएको छ । नेविसंघ केन्द्रीय समितिद्धारा आयोजित उक्त कार्यक्रम राजधानीको बिश्वभाषा क्याम्पसमा हुने नेविसंघले जानकारी दिएको छ ।

मुलुक र जनताको स्वाधिनता र स्वतन्त्रताका लागी प्राण आहुति दिएका वीर सपूतहरुको सम्मान र संझनामा कार्यक्रम आयोजना गरिएको बताइएको छ । रक्तदान कार्यक्रबाट संकलित रगत रक्त सञ्चार केन्द्र मार्फत समस्यामा रहेका गरिब तथा बिपन्न बिरामीहरुलाई उपलब्ध गराईने केन्द्रीय सदस्य तारक प्रतिभा के.सीले जानकारी दिए । उक्त कार्यक्रममा सहभागिता र सफलताको लागी संघले सवैमा आग्रह गरेको छ ।

सहिद दिबशको अवशर पारेर आयोजना हुन लागेको उक्त कार्यक्रममा नेबिसंघका अध्यक्ष नैनसिँह महरले सबै रक्तदान गर्न ईच्छुकलाई आदरणीय ब्यक्तीत्वहरुलाई रक्तदान गरेर पुण्य कमाउन आग्रह गरेका छन् ।