राजनीति

भारतको गणतन्त्र दिवसको कार्यक्रममा, यस कारण लुकेर गए अध्यक्ष ओली !

काठमडौँ । भारतको ६९ औँ गणतन्त्र दिवसका अवसरमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना सम्पन्न भयो । उक्त कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थि भए भनेर समाचारहरु आएपनि पछि उनी सुटुक्क सहभागी भएका थिए ।

नेपालका लागि भारतीय दूतावास, काठमाडौँ र इन्डियन कल्चरल सेन्टरद्वारा शनिबार आयोजित सो समारोहको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन्।

समारोहमा सरकारी बिशिष्ट ब्यक्तीहरु, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुखलगायतको उपस्थिति थियो । कार्यक्रममा भारतीय कलाकारले हिन्दी र नेपाली गीत प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्री बन्नैलागेका एमालेअध्यक्ष ओली दूताबासले गरेको कार्यक्रममा उपस्थिति नहुन भारतसंग अध्यक्ष ओलीसँग संबन्ध चिसिएको हो कि भनेर राजनीतिकबृतमा बिश्लेशण गर्न थालिएको थियो । एमाले अध्यक्ष ओली दिउँसोको कार्यक्रममा भने पोखरामा अर्को कार्यक्रममा उपस्थिति हुनुपर्ने भएकाले आउन नसकेको बालकोट स्रोतले बतायो ।
पुर्ब राजा ज्ञानेन्द्र शाहलाई भेट्न मुलुक बाहीर गएको समेत आरोप खेपेका अध्यक्ष ओली शनिबार दूताबासको ६९ औं गणतन्त्री दिबशमा उपस्थित नभएकोमा फरक फरक टीप्पणी हुन थालेका थिए ।

कतिपयले बाम एकता हुन असहज भईरहेको समयमा माओबादी अध्यक्ष पुष्पकमल दहाल दूताबासको गणतन्त्री दिबशको अवशरमा भारतीय दूताबास पुगेपनि ओली नजालुले उनको आउदैगरेको प्रधानमन्त्री पद खुस्किएको अनुमान पनि लगाएका थिए । भारत बिरुद्ध खरा अभिब्यक्ती दिईरहने एमाले अध्यक्ष ओली खुलेआम दूताबासको कार्यक्रममा भाग लिल्दा जनताको नजरमा गिर्ने भएका कारण नगएको अनुमान लगाईन्छ ।

माओबादी केन्द्र र एमालेबीच मिलन हुने सम्भाबना टुट्दै गरेको बिश्लेशण पनि गरिन्छ । एमालेले अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री तीनवटै पद दाबी गर्ने तर माओबादी केन्द्रले नयाँ पार्टीर्को अध्यक्ष पुष्पकमल दहाल हुने अडान यथावत भएका कारण एमाले माओबादी मिलन धरापमा परेको माओबादी कार्यकर्ताहरुले नै बताउन थालेका छन् ।

माओबादी कार्यकर्ताहरुले समाजाजिक सञ्जालमा खुलेआम लेख्दै एमालेसँगको एकताको सम्भाबना टुट्दै गरेको बताउन थालेका छन् । माओबादी केन्द्रसँग नमिल्दा माओबादी अध्यक्ष पुष्पकमल दहाललाई काँग्रेसले प्रधानमन्त्री बनाउन भूमिका खेल्ने गोप्य सहमती भएको छ । काँग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले भने पुष्पकमल दहाललाई प्रधानमन्त्री बनाउने कुरामा काँग्रेसले कुनै प्रश्ताव नराखेको बताएका छन् ।