राजनीति

काँग्रेस हारमा तरुण दल सबैभन्दा चिन्तित, नगरकोट भेलाका लागि अध्यक्ष बस्नेतद्वारा सबै अध्यक्षहरुलाई परिपत्र

काठमाण्डौ । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभामा काँग्रेसको पराजयपछि चिन्तित बनेको नेपाल तरुण दलले माघ २८, २९ र फाल्गुण १ गते हिलसाईड भिलेज रिसोर्ट नगरकोटमा गर्नलागेको भेलाका लागि ७७ वटै जिल्लाका सभापतिहरुलाई परिपत्र गरेको छ ।
तरुण दलको केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतद्वारा हस्ताक्षर गरि परिपत्र गरिएपछि जिल्ला अध्यहरु उक्त दिनमा भक्तपूरमा गरिने भेलामा आउन आतुर रहेका देखिएका छन् ।
काँग्रेसले दोस्रो पार्टीमा खुम्चिन बाध्य भएपछि तरुण तल चिन्तित भएर उक्त भेला, निर्बाचन र पछिको राजनीतिको समिक्षा तथा जिल्ला सभापति र बिदेश साखाका सभापतिहरुको प्रशिक्षण कार्यक्रम रहेको छ । तीनदिन सम्म चल्ने उक्त कार्यक्रममा तरुण दलको आगामी रणनीति समेत तह गरिने देखिएको छ । काँग्रेसले पाखेरा माहाधिवेशनबाट केन्द्रमा अध्यक्ष, उपाध्यक्ष, महासचिब र कोशाध्यक्ष निर्बाचित गराएपनि अन्य पदहरु भने खाली छन् ।
पार्टीक बौद्धिक भातृसंगठनको रुपमा नेपाल बिद्यार्थी संघ भएपनि निर्बाचनपश्चात उक्त संगठनमा ब्यापक बिबाद बढेको देखिएको छ भने तरुण दलले पार्टी शुद्धीकरणको लागि बिशेष योगदान गर्न सक्ने अनुमान लगाईएको काँग्रेस कार्यकर्ताहरु बताउन थालेका छन् ।