पु.समाचार

आफ्नै जग्गा बेचेर आविष्कार केन्द्र खोल्दैछन् महावीर पुनः

काठमाण्डौ । एसियाको नोबेल पुरस्कार भनिएको म्यागसेसे पुरस्कार पाएका म्याग्दीका महावीर पुनले आविष्कार केन्द्र खोल्नको लागी आफ्नो पोखराको जग्गा बेच्दैछन् ।
आविष्कार केन्द्रका लागि करिब ६ करोड रुपैयाँ जुटेको छ । त्यसका लागि पुनले पोखरास्थित आफ्नो जग्गा बिक्री गरेर करिब तीन करोड थप्ने आशा गरेका छन् ।
महावीर पुन आफ्नो फेसबुक पेजमा कहिले आक्रोशित पोस्ट गर्छन् भने कहिले आशातीत शब्दहरू लेख्छन् । उनलाई प्राप्त रकम धेरै जसो देश बिदेशमा रहेका नेपालीहरुले दिएका छन् त्यसको अपडेट पनि उनी सामाजिक संजालमार्फत गरिरहन्छन् । नेपालका दुर्गम गाउँमा ताररहित इन्टरनेट पुर्याउँदा म्यागेसेसे पुरस्कार पाएका पुन अहिले आफ्नो नयाँ सपनालाई मूर्तरूप दिन दौडधुप गरिरहेका छन् । सरकारबाट भनेजस्तो सहयोग नपाएको भन्दै उनले शुभचिन्तकबाट आर्थिक जोहो गरेरै पनि आविष्कार केन्द्र सञ्चालन गर्ने अठोट लिएका छन् । थप भिडियाबाट हेर्नेहोस् ।