पर्यटन/संस्कृति

७५ बर्षे बृद्धले गौतमबुद्धसंग जोडिएर यसरी राख्नुभयोे बिश्व कृतिमान

काठमाण्डौ । भगबान गौतम बुघ्द को जन्म नेपालमा भएको हो भन्ने कुरालाई एकै स्थान बाट एकै समयमा एकै पटक ७५ हजार व्यक्तिले बुघ्दको धम्मपद पढेर बिश्व कृतिमान कायम गर्ने प्रयास भैरहेकोछ।
यसका लागी बिश्व कृतिमानी परिषद्नेपालले आगामी फागुन १९ गते काठमाण्डौको टुडिखेलमा एक कार्यक्रमको आयोजना गर्न लागेकोछ।
बिश्व कृतिमानी परिषद् नेपालका उपाघ्यक्ष एंब पहिलो नेपाली बिश्व कृतिमानी प्रतिष्ठा अमात्य बिष्टले राष्ट्रिय गौरब संग गासिएको यस बिषयमा सबै नेपालीहरु बाट सकृय सहयोग र सहभागीता हुने अपेक्षा गरिएको बतारे । सन् २००४ मा बिलक्क्षण स्मृति शक्ति प्रस्तुत गरेर प्रतिष्ठा अमात्य बिष्टले बिश्व कृतिमान बनाएका थिए ।
यस अघि भारतले एकै ठाउँमा एकै पटक एउटा कबिको कबिता ४६ हजार ६ सय ६० जनाले बाचन गरेर सन् २०१४ मा बिश्व कृतिमान कायम गरेको थियो।