राजनीति

तनहुँलाई ब्यापारी केन्द्र बनाउनुपर्छ – काँग्रेस नेता पौडेल

दमौली, तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ उद्योग वाणिज्य संघको १५औँ अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई आज दमौलीमा बधाई दिएका छन् ।

सो अवसरमा प्रदेश नं ४ अन्तर्गत पर्ने तनहुँ जिल्लालाई व्यापारिक केन्द्र बनाउनुपर्नेमा उनले जोड दिए ।

कृषि, पर्यटन, जलस्रोत र उद्योग कलकारखानाको प्रशस्त सम्भावना रहेको भन्दै तनहुँलाई विकासमा अगाडि बढाउन सबै लाग्नुपर्ने उनको भनाइ थियो । संघको अध्यक्षमा निर्वाचित मानकाजी श्रेष्ठ, प्रथम उपाध्यक्ष वैकुण्ठ मिश्र, द्वितीय उपाध्यक्ष हरिबहादुर थापा, दमौली बजार इकाइका सभापति राजकुमार श्रेष्ठ (राकु) लगायतका पदाधिकारीलाई अबिर र खादा लगाएर उहाँले बधाई दिएको हो ।

कार्यक्रममा नेपाली काँग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपाने, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ लगायतले कृषि, पर्यटन र व्यापारका क्षेत्रमा तनहुँ जिल्लालाई अगाडि बढाउनुपर्ने बताए ।

आदिवासी जनजाति युवा महासंघको सातौँ राष्ट्रिय सम्मेलन दमौलीमा शुरु

आदिवासी जनजाति युवा महासंघ नेपालको सातौँ राष्ट्रिय सम्मेलन दमौलीमा शुरु भएको छ ।

‘पहिचान, अधिकार, रोजगारी र एकताका लागि हाम्रो सक्रियता आदिवासी जनजाति युवाको साझा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनको लोपोन्मुख जातिका राजामामा कुुसुण्डाले उद्घाटन गरे ।

सो अवसरमा राजामामाले आदिवासी जनजाति युवाको एक मात्र साझा राष्ट्रिय संगठन युवा महासंघलाई उचाइमा पु¥याउनसके जनजातिको हितमा हुने बताए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्ण राई, प्रदेशसभा सदस्यहरु आदेन्ड शेर्पा, सरिता गुरुङ, हरिबहादुर चुमान, डोबाटे विकले नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष नवीन रोका मगर, युवा महासंघका उपमहासचिव सिद्धान्त थापा मगर, ङिमी शेर्पा लगायतले सम्मेलनको सफलताको कामना गरेको थियो । सम्मेलनमा देशभरबाट आएका ३०० भन्दाबढी युवाको सहभागिता रहेको छ ।