खेलकुद

नेपाल पुलिस क्लब विजयी

पोखरा । पोखरामा जारी आहा रारा गोल्डकप फुटवल प्रतियोगिताको आजको खेलमा रमपम झापा ११ लाई १–० गोल अन्तरले हराउँदै नेपाल पुलिस क्लब विजयी बनेको छ ।

खेलको १२ औँ मिनेटमा पुलिस क्लबका अभिषेक रिजालको पासमा सुमन लामाले हेडिङमार्फत गरेको गोल नै प्रतियोगिताको निर्णायक बन्न पुग्यो । आजको खेलमा पुलिस क्लबका रवि पासवान उत्कृष्ट खेलाडी घोषित बने ।

पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापाले खेलाडी नयाँ भए पनि अनुशासित खेल खेल्दा आजको प्रतियोगिता जित्न सफल बनेको बताए । रमपम झापाका प्रशिक्षक प्रवेश कटुवालले नयाँ तथा पुराना दुई किसिमका खेलाडी रहनु र यसअघिका प्रतियोगिताका क्रममा केही घाइतेसमेत भएका कारण अपेक्षानुसार खेल्न नसकेको बताए । शनिबारको पहिलो क्वाटरफाइनल खेल बंगलादेशको बलिन्धारा र सुदूरपश्चिम ११ स्पोर्टिङ क्लबबीच हुने आयोजकले जनाएको छ ।