समाचार

गैरकानुनी हुण्डी कारोवार गर्ने सार्वजनिक

पथरी, मोरङ । हुण्डी कारोबार गर्ने चार जनालाई प्रहरीले रु ३६ लाखसहित पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीका अनुसार पक्राउ पर्नेमा विराटनगर–७ का सुदर्शन साह, ८ का सन्तोषकुमार रौनियार, ११ का निरन्जनकुमार साह र १७ का साकिब आलम छन् ।

विराटनगर–११ स्थित कन्हैया गुप्ताका घर भाडामा लिएर हुण्डी कारोवार चलाइरहेको सुराकीका आधारमा मोरङ प्रहरीले बुधबार छापा मारेर नगदसहित चारै जनालाई पक्राउ गरेको हो । सो रकमको स्रोत नखुलेकाले सम्पत्ति शुद्धीकरण आयोगमार्फत मुद्दा चलाउने तयारी भइरहेको प्रहरी उपरीक्षक बिसीको भनाइ छ ।