स्वास्थ्य

निःशुल्क स्वास्थ्य परीक्षणसम्बन्धी सम्झौता

काठमाडौँ । डल्लु आवास क्षेत्रस्थित सामुदायिक स्वास्थ्य सेवा परिषद्ले काठमाडौँ महानगरपालिका–१५ का सामाजिक सुरक्षा भत्ताप्राप्त नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा कामपा–१५ का वडाध्यक्ष ईश्वरमान डंगोल र परिषद्का अध्यक्ष हरिगोपाल श्रेष्ठ र सो विषयमा तयार गरिएको सम्झौतापत्रमा हस्ताक्षर गरे । परिषद्ले सञ्चालन गरेको अस्पतालले यही माघ १४ गतेदेखि त्यस वडाका ज्येष्ठ नागरिक, एकल महिला र अपांगका लागि प्रत्येक दिन बिहान ७ देखि साँझ ५ बजेसम्म निःशुल्क स्वास्थ्य परीक्षणका साथै प्रयोगशालामा २० प्रतिशत छुटसमेत उपलब्ध गराउनेछ । परिषद्ले सो सेवा सञ्चालन गरेवापत उक्त वडाले मासिक रु एक लाख सहयोगसमेत प्रदान गर्ने सम्झौता भएको छ । दुवै पक्षले भवन आसपास क्षेत्रमा दिनहुँ सरसफाइ गर्ने जनाइएको छ ।

सो अवसरमा प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य जीवनराम श्रेष्ठले त्यस क्षेत्रका सामाजिक सुरक्षा भत्ताप्राप्त जनताको सम्मानमा वडा र परिषद्ले गरेको सम्झौता सराहनीय रहेको बताए । वडाध्यक्ष डंगोलले स्थानीय वडादेखि नै जनतालाई शिक्षा र स्वास्थ्यमा सहज पहुँच पु¥याउनका लागि आफू प्रतिबद्ध रहेको बताएञ्चालनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।