खेलकुद

गोल्डकप फुटबल गरिफा स्पोर्टिङ सेमिफाइनलमा

इटहरी । सुनसरीको इटहरीमा जारी प्रथम मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा आयोजक राष्ट्रिय जागृति क्लबलाई पराजित गर्दै भारतको गरिफा स्पोटिङ क्लब कलकत्ता सेमिफाइनल प्रवेश गरेको छ ।

आज इटहरी रंगशालामा भएको प्रतियोगितामा भारतले आयोजकलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । जितसँगै भारतले बिहीबार मनाङ–मस्र्याङदी क्लबसँग फाइनल प्रवेशका लागि दोस्रो सेमिफाइनल खेलमा भिडन्त गर्नेछ ।

आयोजकलाई हराउन भारतका अफ्रिकन खेलाडी सिसो सोलेक्सले गरेको एक मात्र गोल नै निर्णायक बन्यो । सिसोले खेल सुरु भएको दोस्रो मिनेटमै पहिलो गोल जितका लागि निर्णायक बनेको थियो ।

बुधबारको पहिलो सेमिफाइनल त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबीच हुनेछ ।