आर्थिक

सन्राइज बैंकको एकैदिन तीनवटा शाखा

काठमाडौं । सन्राइज बैंक लिमिटेडले आईतबार आफ्नो तीनवटा नयाँ शाखा बिस्तार गरेको छ । ती शाखाहरुमा पर्साको बिन्दबासिनी, ताप्लेजुङ्गको मौवाखोला र बाकेँको नरैनापुरमा एक समारोहका बीच उद्घाटन गरिएको छ ।

विन्दवासिनी गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु र वरिष्ठ नायब महाप्रबन्धक आशा राणा अधिकारीले विन्दवासिनी शाखा, मौवाखोला गाउँपालिका अध्यक्ष राज कुमार थात्लुङ र बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपालले मौवाखोला शाखा र नरैनापुर गाउँपालिकाका अध्यक्ष इसितियाक अहमद शाह र नेपाल राष्ट्र बैंक नेपालगञ्जका संचालकगुरु पौडेलले नरैनापुर शाखाको संयुक्त रुपमा एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरे ।

यो समेत गरी बैंकको शाखा संख्या ७५ वटा पुगेको छ । साथसाथै बैंकको नेपाल अधिराज्य भर ९१ वटा एटिएम, ३ वटा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा २० वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । सम्भावित क्षेत्रमा आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउने अभिप्रायले चाँडै नै थप शाखाहरु संचालन गर्ने बैंकले जनाएको छ ।