आर्थिक

प्रभु बैंकको नयाँ साखा शान्तिपुरमा

काठमाण्डौ ।  गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ३ स्थित शान्तीपुर बजारमाआजदेखि प्रभु बैंक लि. को शान्तीपुर शाखा कार्यालय सञ्चालनमा आएको छ । चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीले एक समारोहकाविच बैंकको शान्तीपुर शाखा कार्यालयको आज उद्घाटन गरेका छन् ।

हालसम्म कुनैपनि वाणिज्य बैंकको उपस्थिति नरहेको चन्द्रकोट गाउँपालिकाको प्रमुख केन्द्रको रुपमा रहेको शान्तीपुरमा प्रभु बैंकले पहिलोपटक शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । आजदेखि सञ्चालनमा आएको यस शान्तीपुर शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनीतथा संघ संस्थाहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय विप्रेषण सेवातथा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध हुनेछ ।

साथै, देशभर शाखा सञ्जाल रहेको प्रभु बैंकको उपस्थितिले समग्र चन्द्रकोट गाउँपालिकाको आर्थिक विकासमा टेवापुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।