खेलकुद

प्रिमियर लिगः न्यूकासल युनाइटेडलाई ३–१ ले पराजित

सर्जियो अगुएरोले ह्याट्रिक गरेपछि लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगमा न्यूकासल युनाइटेडलाई ३–१ ले पराजित गरेको छ। जितपछि सिटीले दोस्रो स्थानमा रहेको छिमेकी म्यानचेष्टर युनाइटेडमाथि फेरि १२ अंकको अग्रता कायम गरेको छ।

घरेलु मैदान एतिहाड स्टेडियममा अगुएरोले ३४औँ, ६३औँ र ८३औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। न्यूकासलका लागि ६७औँ मिनेटमा ज्याकोव मर्फीले गोल फर्काए।

सन् २०१५ मा न्यूकासल विरुद्ध नै ह्याट्रिक गरेका अगुएरोले त्यसपछि प्रिमियर लिगमा पहिलो ह्याट्रिक गरेका हुन्।

जितपछि २४ खेलबाट सिटीले ६५ अंक जोडेको छ।

एजेन्सीको सहयाेगबाट