समाचार

पाँच लाख मौरी मारेको आरोपमा दुई युवक पक्राउ

काठमाडौं । मौरीपालन व्यवसायलाई नोक्सान पुर्याएको आरोपमा पुलिसले अमेरिकामा दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

पाँच लाखभन्दा बढी मौरीलाई मारेको आरोपमा दुई युवकलाई पुलिसले गिरफ्तार गरेको बताएको छ । एकजना १२ र अर्का १३ वर्षका युवकले वाइल्ड हिल हनि फार्ममा मौरीको गुँड भत्कार्इ दिएपछि लाखौँ मौरीहरु चिसोका कारण मर्न पुगेको बताइएको छ ।

हिउँ परिरहेको समयमा मौरीलाई बाहिर निकालिएपछि अत्याधिक चिसो मौसमका कारण सबैको मृत्यु भएको सो फार्मका मालिकले बताएका हुन् । फार्ममा भएको सबै गुँड भत्काइदिएपछि आफूले ६० हजार डलर भन्दा बढी नोक्सान व्यहोर्नुपरेको बताउँदै उनीहरुले पुलिस समक्ष गुनासो गरेका थिए ।

ती दुई युवकहरुले सबै गुँडलाई एकएक गर्दै बाहिर निकालेर हिउँमा फाल्दिएपछि सबै मौरी सखाप भएको फार्मका मालिक र उनकी पत्नीले बताए । यसपछि उनीहरुले घटनाप्रति पुलिसको ध्यान केन्द्रित गराएका थिए ।

वरिपरिका स्थानीयको मद्दतले पुलिसले पछि दुवै युवकलाई आपराधिक दुव्र्यवहारको आरोपमा पक्राउ गरेको बताएको छ ।

बाह्रखरीबाट साभार