मनोरञ्जन

बलिउड डेब्यू गर्दै मिस वर्ल्ड मानुषी छिल्लर

मिस वर्ल्ड मानुषी छिल्लर चाँडै नै बलिउड इण्डस्ट्रीमा डेब्यू गर्न गइरहेकी छिन् । उनी करण जौहरको फिल्मका साथ बलिउड डेब्यू गर्न लागेकी हुन् ।

फिल्म निर्माता करण जौहरले मिस वर्ल्ड मानुषीलाई आफ्नो धर्मा प्रोडक्शनबाट लञ्च गर्न चाहेको इण्डिया डटकमले जनाएको छ । जौहरले मिस इण्डिया इभेन्टका दौरान मानुषीसँग भेटघाट गरेका थिए । त्यसपछि दुवै जनाको दोस्रो भेट ‘फिल्म फेयर ग्ल्यामर एण्ड स्टाइल अवार्ड्स २०१७’ मा भएको थियो ।

प्राप्त खबर अनुसार करण जौहर मिस वल्र्ड मानुषीको सुन्तदरता र आत्मविश्वासप्रति आकषिृत भएका छन् । उनी करण जौहरको आगामी फिल्म ‘स्टूडेन्ट अफ द ईयर १’ मा अभिनेत्रीका रुपमा देखिन सक्ने बताइएको छ ।

यसै फिल्मका लागि अभिनेता चंकी पाण्डेकी छोरी अनन्या पाण्डेको नाम पनि लामो समयदेखि चर्चामा छ । फिल्ममा टाइगर श्राफ लीड रोलमा देखिने भएका छन् । केही दिन अघि मात्रै फिल्मको ‘फस्र्ट लुक’ सार्वजनिक गरिएको थियो ।
एजेन्सीको सहयोगबाट