समाचार

‘गुन्डा’ द्वारा व्यवसायीलाई खुकुरी प्रहार

विराटनगर । विराटनगरमा गुन्डागर्दीमा संलग्न समूहले लेनदेन विवादमा एक व्यवसायीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् । शुक्रबार बेलुका विराटनगरको जनपथमा व्यवसायी पशुपति भगतमाथि आक्रमण भएको हो।

गुन्डाहरुले उनीमाथि खुकुरीले आक्रमण गरेका थिए। एलिस गुरुङ नेतृत्वको समूहले आक्रमण गरेको प्रहरी स्रोत बताउँछ। सो समूहका दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।

पेट्रोल पम्प संचालक तथा खाद्य व्यवसायी भगतलाई केही दिनयता गुरुङको समूहले धम्काउदै आएको थियो। जग्गा कारोबारको विषयलाई लिएर धम्काउदै आएका थिए।

आक्रमणमा संलग्न केही शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको मोरङका एसपी अरुण बिसीले बताए। घाइते भगतको विराट नर्सिङ होममा उपचार भइरहेको छ।

नेपाललाइभबाट साभार