मनोरञ्जन

किन कलाकारहरुको विवाहमा भन्दा सम्बन्धविच्छेदमा बढी खर्च हुन्छ ?

बलिउड क्षेत्रका कलाकार होस् वा म्युजिक भिडियोमा खेल्ने सेलेब्रेटीहरू होस् । उनीहरुको एउटै गुनासोको चर्चा भएको पाइएको छ, त्यो हो विवाहभन्दा सम्बन्धविच्छेदमा बढी खर्च हुन्छ किन ? यिनीहरुबीच हुने प्रेम, विछोड, विवाह र विच्छेद अहिले संचारमाध्यमहरुमा चर्चाको विषय नै बनेको छ ।

यी केही सेलिबे्रटी तथा कलाकारहरु छन् जसको विवाहमा भन्दा विच्छेद हुँदा खर्च बढी रहेको विषयमा चर्चा भइरहेको छ ।

ऋतिक रोशन सुजैन खान

बलिउड सेलेब्रिटी ऋतिक

रोशन व्यवसायी पनि हुन् । प्रोडक्सन हाउस र रेडिमेड गार्मेन्ट ब्रान्ड एचआरएक्सका मालिक हुन्, उनी । व्यावसायिक घरानाका उनी पैसा बढी फुर्मास गर्ने सेलेब्रिटीमा पर्छन् । रामरमाइलो र फिल्ममा मात्रै होइन, विवाहमा पनि उनले धेरै खर्च गरे । तर, विवाहमा भन्दा बढी खर्च र सम्बन्ध विच्छेदमा गरे ।

ऋतिकले सन् २००० मा इन्टेरियर डिजाइनर सुजैन खानसँग विवाह गरे । बैंग्लोरको गोल्डन पान रिसोर्टमा करोडौँ रुपैयाँ खर्च गरेर विवाह गरे । त्यतिवेला यो निकै चर्चाको विषय बनेको थियो । तर, १४ वर्षपछि २०१४ मा उनको सुजैनसँग सम्बन्धविच्छेद हुँदा विवाहको भन्दा निकै बढी खर्च भयो । सुजैनले उनीसँग सम्बन्ध टुंग्याएबापत ४ सय करोड भारतीय रुपैयाँ मागेकी थिइन् । तर, उनले तीन सय ८० करोड रुपैयाँ दिएका थिए ।

सञ्जय कपुर करिश्मा कपुर

अटो पाट्र्स निर्माण गर्ने कम्पनी सोना कोयोका अध्यक्ष सञ्जय कपुरको बलिउड अभिनेत्री करिश्मा कपुरसँग दोस्रो विवाह थियो । तर, विवाहबन्धनमा बाँधिएको केही समयलगत्तै सम्बन्धमा दरार आएका खबर बाहिरिन थाले । अभिषेक बच्चनसँग इन्गेजमेन्ट गरिसकेकी करिश्माले उनलाई छाडेर ६ महिनापछि सञ्जयसँग विवाह गरेकी थिइन् ।

सन् २००३ मा करिश्मा र सञ्जयको विवाह भएको थियो । तर, विवाहको १३ वर्षपछि सन् २०१६ मा उनीहरूको सम्बन्धविच्छेद भयो । यो कदम सञ्जयका लागि आर्थिक रूपमा भारी भयो । सम्बन्धविच्छेदका लागि सञ्जयले करिश्माको व्यवस्थापनका लागि ७ करोड रुपैयाँ दिएका थिए । सम्बन्धविच्छेदपछि सञ्जयले करिश्मा पैसाकै लागि आफ्नो पछि लागेको आरोप लगाएका थिए ।

विक्रम चटवाल प्रिया सचदेव

होटेल कारोबारी विक्रम चटवाल र मोडल प्रिया सचदेवको विवाह २००६ मा भएको थियो । उनीहरूको विवाह भएको खर्च चर्चाको विषय बनेको थियो । यो विवाहमा २६ देशका ६ सय पाहुना उपस्थित थिए । विशेष पाहुनाका लागि प्लेन चार्टर्डको व्यवस्था पनि थियो । निम्ता स्विकारेर बिल क्लिन्टन, नाओमी क्याम्पवेलजस्ता व्यक्ति आएका थिए । एक सय ५० करोड भारु खर्च गरेर भएको उनीहरूको विवाह लामो समय टिकेन ।

एक छोरी जन्माइसकेका उनीहरूको सम्बन्ध २०११ मा टुंगियो । विक्रमले प्रियाको व्यवस्थापनका लागि झन्डै तीन सय करोड भारु दिए । हाल प्रियाले करिश्मा कपुरका पूर्वपति सञ्जय कपुरसँग विवाह गरिसकेकी छिन् ।

लिज हर्ले अरुण नायर

अभिनेत्री तथा मोडल लिज हर्लेले टेक्सटाइल व्यापारी अरुण नायरसँग सन् २००७ मा विवाह गरिन् । उनीहरूको विवाह उत्सव मुम्बई र लन्डलमा सात दिनसम्म चलेको थियो । यो विवाहमा हलिउड अभिनेता केट मास र गुह ग्रान्ट पनि उपस्थित थिए ।

भारतको जोधपुर प्यालेसमा हिन्दू परम्पराअनुसार भएको उनीहरूको विवाहमा २५ करोड रुपैयाँ खर्च भयो । तर, सम्बन्ध चार वर्ष पनि टिक्न सकेन । २०११ मा लिजले अरुणलाई छाड्ने निर्णय गरिन् । विच्छेदका क्रममा अरुणले लिजलाई एक सय २० करोड भारु बुझाए ।

एजेन्सीको सहयोगबाट