अन्तर्राष्ट्रिय

दुई कमाण्डरसहित पन्ध्र आतङ्ककारी सोत्तर

कुन्दुज, अफगानिस्तान । अफगानिस्तानको कुन्दुज प्रान्तमा आतङ्ककारी विरुद्ध गरिएको सुरक्षा कारबाहीमा परी कम्तीमा १५ जना आतङ्ककारी मारिएका छन् ।

दुई कमाण्डरसहित १५ आतङ्ककारी मारिएका स्थानीय सुरक्षा अधिकारीले जानकारी दिएका छन् । शुक्रबार रातिदेखि जारी रहेको यस सुरक्षा कारबाहीमा परी अरु सात जना घाइते भएका छन् ।

कुन्दुज प्रान्तको चाहार डारा जिल्लामा सरकारी सुरक्षाकर्मीले लडाकू विरुद्ध कारबाही जारी राखेका छन् ।

“घटनामा १५ जना मारिएका छन्, ती मध्ये दुई जना तालिवान कमाण्डर हुन् भने सात जना घाइते भएका छन्,” उत्तरी क्षेत्रका प्रहरी प्रवक्ता अब्दुल खालिल खालिलिले सिन्ह्वासँग भने।

उनका अनुसार घटनामा परी सुरक्षाकर्मीतर्फ तीन जना घाइते भएका छन् ।