समाचार

कम्बल बोकेर तराइ झर्यो वाइसिएल

महोत्तरी । वाइसिएल नेपालको केन्द्रिय टिम कम्बल लिएर शितलहर प्रभावित तराइ पुगेको छ ।

वाइसिएलका अध्यक्ष दीपशिखाको नेतृत्वमा तराइ पुगेको वाइसिएलले महोत्तरीको भगाहा नगरपालिका सिद्दपुरको दलित तथा मुसहर बस्तिका २०० परिवारलाइ न्यानो वितरण गरी न्यानो वितरण अभियान सुरू गरेको हो ।

शनिवार विहान सिद्दपुरमा न्यानो वितरण गरेको वाइसिएलले दिउसो धनुषाको धनुषाधाम नगरपालिका ६,८,९ मा न्यानो वितरण गर्ने कुरा वाइसिएलका महासचिव सुबोधराज शेर्पालीले बताएका छन् ।

न्यानो वितरण गर्दै वाइसिएलका अध्यक्ष दीपशिखाले भनेका छन्, हामी दुख बाँड्न आएका हौं, हामीले ल्याएको न्यानोले तराइ न्यानो त नहोला तर मन न्यानो हुन्छ । उनसे विगत सम्झँदै थपे, हामी तराइमा बाडी पस्दा पनि आएका थियौं र दुख बाँडेका थियौं ।

तराइमा दुख दुंख्दा हामी मन मिलाउन आउंछौं । अब बन्ने बाम गठबन्धनको सरकारले गरिवि उन्मुलनको ठोस काम गर्छ र शितलहरबाट अर्को साल यतीधेरै मानिसको क्षति हुँदैन।

महोत्तरी, घनुषा हुँदै रौतहट र पर्सामा वाइसिएलको न्यानो वितरण कार्यक्रम रहेको बताइएको छ ।

साथै ५० हेक्कड ज़मीन मिच्न खोजिएको पर्साको विरगंजमा समेत वाइसिएल पुग्ने शेर्पालीले बताएका छन् ।