अन्तर्राष्ट्रिय

भारतीय २० जना सांसदको पद खारेजका लागि सिफारिस

नयाँदिल्ली । भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य भएको सिफारिस गरेपछि उनीहरूको सांसद पद खारेज हुने भएको छ ।
उनीहरु सवै जना भारतमा भ्रष्टाचार विरुद्ध अभियान सञ्चालन गरेको आम आदमी पार्टीका सांसद रहेको समाचार श्रोतले शुक्रबार जनाएको छ ।
“निर्वाचन आयोगले २० जना सांसदका विरुद्धमा कारबाहीका लागि सिफारिस गरेको छ, उनीहरु सवै जना दिल्लीका मुख्य मन्त्री अरबिन्द केजरीवालले संसद सचिवालयमा नियुक्त गरेका सांसद हुन्,” श्रोतले भन्यो ।
प्राप्त सूचना अनुसार सन् २०१५ पछि पार्टी शक्तिमा आएपछि नियुक्त भएका उनीहरुलाई कारबाहीका लागि राष्ट्रपति समक्ष सिफारिस गरिएको छ ।
दिल्ली संसदका ती २० जना सदस्यहरू माथि कारबाही भएर सांसद पद खारेज भएमा आम आदमी पार्टीको सरकारलाई चुनौती हुनेछ ।
दिल्ली संसदका ७० जना सांसदमध्ये आम आद्मी पार्टीका मात्रै ६५ जना सांसद रहेका छन् ।
अयोग्यताका कारण कारबाहीमा परेर सांसद पद खाली भएमा उनीहरुको ठाँउमा ६ महिना भित्रमा निर्वाचन मार्फत् पदपुिर्त गर्नुपर्ने व्यवस्था रहेको छ ।
मन्त्रीलाई सहयोगका लागि सरकारले संसद सचिवहरु प्रायजसो नियुक्त गर्ने गर्दछ । सरकार परिवर्तन भएको वेला उनीहरूलाई नयाँ सरकारले फेरबदल पनि गर्न सक्छ ।
पूर्व नागरिक अभियन्ताबाट राजनीतिज्ञमा रुपान्तरण हुनु भएका केजरीवालले आम आद्मी पार्टीको तर्फबाट होस् वा मुख्य मन्त्रीको रूपमा होस् विकासका बारेमा आवाज उठाउने गर्नु भएको छ ।