अन्तर्राष्ट्रिय

यमनबाट दुई महिनामा ३२ हजार जना विस्थापितः राष्ट्रसङ्घ

दुबई । द्वन्द्वग्रस्त यमनमा गत दुई महिनाको अवधिमा झण्डै ३२ हजार नागरिक विस्थापित भएका छन् ।

युद्धबाट पिडित भएर उनीहरुले आफ्नो घर छाडेको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी नियोगले जनाएको छ ।

नियोगले बिहीबार सार्वजनिक गरेको वक्तव्यमा यमनमा यस पहिले २० लाख सर्वसाधारण विस्थापित भएको उल्लेख गरिएको छ ।

नियोगका प्रवक्ता शाबी मन्टुले विद्रोहीहरुको प्रभाव परेको राजधानी सानामा द्वन्द्वको असर बढ्दै गएको बताए ।

“यमनी नागरिकहरूको मृत्यु, विस्थापन लगायत युद्धको प्रभावका बारेमा हामीले निरन्तर निगरानी गरीरहेका छौँ,” उनले शुक्रबार ट्वीटरमा लेखेका छन् । ।

यमनमा साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले विश्वसमुदायबाट मान्यताप्राप्त सरकारलाई सत्तामा पुनः स्थापना गर्न हुथी विद्रोही विरुद्ध चालेको कदमका कारण सन् २०१५ र त्यसपछि अहिलेसम्म नौ हजार यमनीको मृत्यु भएको छ ।