राजनीति

ओली र दाहालबीच अझै विश्वासको खडेरी, पार्टी एकता संकटमा !

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच अझै विश्वासको संकट देखिएको बताएका छन् ।

शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पौडेलले पार्टी एकता ओली र दाहालमा अड्किएको बताएका हुन् । उनले दाहाललाई ओली र ओलीलाई दाहालको विश्वास नभएको जनाउ दिँदै भने, ‘उहाँहरुले एकअर्काप्रति विश्वास खोजेका छन् । दुई नेताको व्यवस्थापनबारे ठोस सहमति नभएसम्म पार्टी एकता अघि बढ्न सक्दैन ।’ उनले ओली र दाहालबीच कसले कसलाई नेतृत्व गर्ने भन्ने प्रश्न रहेको बताए ।

दाहाललाई पार्टीको नेतृत्व दिँदा शक्ति सन्तुलन विग्रने र सरकार नै अप्ठ्यारोमा पर्ने सम्भावना देखेर सरकार र पार्टी दुबैको नेतृत्व दिने बहस चलेको हुन सक्ने उनको तर्क छ ।