पु.समाचार

सातै प्रदेशका प्रमुखद्वारा राष्ट्रपति समक्ष शपथ ग्रहण

काठमाण्डौ । सरकराले हालै नियुक्त गरेका प्रदेश सभाका प्रदेश प्रमुखहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ ग्रहण गरेका छन् ।

आज दिउँसो राष्ट्रपति निवास शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीसमक्ष सातै प्रदेशका प्रमुखहरुले शपथ लिएका हुन् ।

सरकारले प्रदेश नम्बर १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गा खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुखको जिम्मेवारी दिएको हो ।

शपथ कार्यक्रम उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश गोपाल पराजुलीको उपस्थिति रहेको थियो ।