पु.समाचार

दाङ र डोटीको आन्दोलनबारे निर्वाचन आयोग चिन्तामा, सांसदसँग गुहार माग्यो !

काठमाण्डौ । सरकारले तोकेको अस्थायी मुकामलाई लिएर दाङ र डोटीमा भएको आन्दोलनप्रति निर्वाचन आयोगले चासो व्यक्त गरेको छ ।

आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रियसभा सदस्यको निर्वाचन कार्यक्रमलाई अगाडि बढाउन असर पर्न सक्ने बताएको छ ।

राष्ट्रियसभा निर्वाचन २४ गतेका लागि तोकिएको छ । त्यसका लागि १० गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । तर, दाङ र डोटीको आन्दोलन नरोकिए उम्मेदवारी दर्ता प्रभावित हुन सक्ने आयोगको चिन्ता छ ।

आयोगले निर्वाचनका लागि अनुकुल वातावरण बनाइदिन सरकार, राजनीतिक दल, प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचित सांसद् लगायतलाई आग्रह गरेको छ ।

अहिलेसम्म जारी आन्दोलनमा राजनीतिक दलको हात रहेको भन्दै निर्वाचन आयोगले यस्तो गतिविधि नगर्न आग्रह गरेको छ । एमाले, काँग्रेस माओवादीका प्रभावशाली नेताहरु नै प्रदेशको राजधानी आफ्नै जिल्लामा हुनुपर्ने माग गर्दै आन्दोलन चर्काउन व्यस्त रहेका छन् ।