राजनीति

नेपाल–भारत सिमानामा पर्खाल लगाउनुपर्छः उपाध्यक्ष भण्डारी

काठमाण्डौ । अखिल (क्रान्तिकारी)का उपाध्यक्ष तिलकराज भण्डारीले भारतले नेपाली भूमीमिचेको तिव्र असन्तुष्टी व्यक्त गरेका छन् ।

अखिल(क्रान्तिकारी) जिल्ला समित काभ्रेको बैठकमा कार्यकर्ताहरूलाई प्रशिक्षण दिने क्रममा उपाध्यक्ष भण्डारीले पर्साको विरगञ्ज महानगरपालिका वडा नं. १ छकपैयामा नेपाल भारतको सीमा सर्वेक्षण गर्ने क्रममा नेपालको ५० विघा भुमी अतिक्रमण हुने गरी पिलर सारिएको कार्यका बिरूद्धमा अखिल(क्रान्तिकाकारी ) आन्दोलनमा उत्रिएको बताएका छन् ।

भण्डारीले पटक–पटक पिलर सार्दै जाने भारतीय विस्तारवादका विरूद्ध खवरदारी गर्ने र नेपाल–भारत सीमामा पर्खाल लगाउने अभियान पनि संचालन गर्नुपर्ने बताएका छन् ।

उनले तत्काल अखिल (क्रान्तिकारी) को केन्द्रीय टोलि भुमी मिचिएको स्थान पर्सा जाने र स्थलगत अध्ययन पछि थप सडक संघर्षमा उत्रिने चेतावनी दिएका छन् । राष्ट्रिय स्वाधिनता स्थापित नभएसम्म समाजवाद निर्माण गर्न नसकिने बताउदै उपाध्यक्ष भण्डारीले राष्ट्रियताको आन्दोलनमा अखिल(क्रान्तिकारी) सधै अग्रमोर्चामा रहेको समेत उद्घघोष गरेका छन् ।

उक्त बैठकमा अखिल(क्रान्तिकारी) केन्द्रीय सचिव पवन कार्कीले ३ नं.प्रदेशको संगठनात्मक योजनाबारे प्रशिक्षण दिएका थिए । उक्त बैठकले ०७४ फाल्गुण १ गते २० औं जिल्ला सम्मेलन सम्पन्न गर्ने गरी संगठनात्मक अभियान संचालन गर्ने निर्णय गरेको संगठनका केन्द्रीय सदस्य सुन्दर खड्काले बताए ।