मनोरञ्जन

हाँस्यकलाकार मनोज गजुरेलको डिभोर्स, छोरो बाबुलाई र छोरी आमालाई भाग लगाइयो

काठमाण्डौ । चर्चित हाँस्यकलाकार मनोज गजुरेलले २१ वर्ष लामो दाम्पत्य जीवनमा पूर्णविराम लगाएका छन् । २०५३ सालमा मिनु ढकालसँग प्रेम विवाह गरेका कलाकार गजुरेलले पुस ११ गते भक्तपुर जिल्ला अदालतबाट औपचारिक रुपमा सम्वन्ध विच्छेद गरेका हुन् । पछिल्लो समय सम्वन्धमा खटपट आएपछि एक छोरा र एक छोरी सहितको गजुरेल दम्पत्ती पारिवारीक तनावमा थियो ।

सम्वन्ध विच्छेदसँगै छोरा, कलाकार गजुरेलसँग बालकोट, भक्तपुर स्थित निवासमा र छोरी, मिनासहित वानेश्वर बस्न थालेका छन् । उनीहरुका छोरा अहिले बीए र छोरी ८ कक्षामा पढ्दैछन् । सहमति मै सम्वन्ध विच्छेद गरेका गजुरेल दम्पित्तीले आफुहरुसँग भएको सम्पत्ती समेत भागवण्डा गरेका छन् ।

दुवै पक्षको परिवार मिलेर सम्पत्तीसमेत बराबर बाँडफाँड गरेर ह्यापी ईन्डीङ गरेको गजुरेलले बताए । धेरै कुरा मिलेपनि बिचार र सोंच नमिल्दा सँगै बस्न नसकेको उनको भनाई छ । ‘कतिपय कुरा आफ्ना ईच्छा र चाहानाभन्दा शक्तिशाली हुँदा रहेछन्,’ गजुरेलले भनेका छन्, ‘अब धेरै कुरा गर्दा बच्चाबच्चीको मस्तीस्कमा आघात पर्छ, ‘त्यसैले धेरै कुरा नगरौं, जे होस् हामीले बाँकी जीवन खुशीसाथ विताउने प्रण गरेका छौं ।’

ताप्लेजुङमा जन्मिएपनि भक्तपुर, बालकोटीबासी भइसकेका हाँस्यव्यंग्यकार गजुरेलको कलाले धेरैलाई हँसाउछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प,पूर्व राजा ज्ञानेन्द्र शाह, योग गुरु रामदेव, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, एमाले नेता माधवकुमार नेपाललगायतको हाउभाउ र बोली दुरुस्तै नक्कल गर्ने गजुरेलकी श्रीमती बुटिक चलाउँछिन् । मनोज हाँस्यव्यङग्य अर्थात व्यवसायिक जीवनमा जति सफल भएका छन्, व्यक्तिगत जीवनमा पनि त्यति सफल थिए । तर, त्यो जीवन कथामा अब पूर्ण बिराम लागेको छ ।

फेसन डिजाइनर मीना ढकालसँग मनोजले २०५३ सालको वैशाखमा लगनगाँठो कसेका थिए । कुनै बेला संचारमाध्यमसंग मनोजले आफ्नो प्रेम प्रसंगका बारेमा भनेका छन्, ‘मैलै उनलाई देखेपछि उनी मलाई मन पर्न थाल्यो । काठमाण्डौको पुतली सडकमा मेरो पसल थियो र उनी मेरो पसल अगाडिको अफिसमा काम गर्थिन् । अनि मैलै उनको अफिसको नम्बर पत्ता लगाएर ब्लफ कल गर्न थालेँ । झण्डै दुई महिना चल्यो यो प्रक्रिया । अनि पछि हामीले भेटघाट गर्यौँ । मैलै उनलाई गर्ने ब्लफ कल, ब्लफ नभयर लभ कल थियो ।’