पु.समाचार

प्रेश युनियन काठमाण्डौ शाखाको जिल्ला अधिवेशन जेठमा

काठमाण्डौ । नेपाल प्रेश युनियन काठमाण्डौ शाखाको आठौँ जिल्ला अधिवेशन जेठमा हुने भएको छ ।

शाखा अध्यक्ष नकुल अर्यालको अध्यक्षतामा आज थापागाउँमा बसेको बैठकले विधान र केन्द्रीय समितिको निर्देशनअनुसार जेठमा गर्ने निर्णय गरेको हो ।

बैठकले नयाँ सदस्यता लिन तथा पुरानो सदस्यता नवीकरण गर्न माघ मसान्तसम्म आवेदन खुला गर्ने निर्णय गरेको सचिव महेश गौतमले जानकारी दिए ।

नयाँ सदस्यता लिन चाहने पत्रकारका लागि आवश्यक प्रमाणसहित रु ३५० र नवीकरणका लागि चार वर्षको एकमुष्ट रु ९५० बुझाउन युनियनले सबैमा अनुरोध गरेको छ ।

यसैगरी बैठकले संविधानले तय गरेको संरचनाअनुसार विधान समयानुकूल परिमार्जन गर्न केन्द्रीय समितिसँग माग गर्ने निर्णयसमेत गरेको छ ।