सूचना प्रविधि

चिनियाँ एयरलाइन्समा जहाजभित्रै वाईफाई

एजेन्सी । चीनका दुई हवाइ कम्पनी चाइना इस्टर्न एयरलाइन्स र हाइनान एयरलाइन्सले आफ्ना यात्रुहरुलाई विमानभित्रै मोबाइल तथा ट्याब चलाउन दिन थालेका छन् । यी एयरलाइन्सले विमानमा वाइफाइ उपलब्ध गराएका छन् ।यद्यपि फोन भने एरोप्लेन मोडमा राख्नुपर्ने हुन्छ ।

हालसम्म इस्टर्न एयरलाइन्सका ७४ विमानमा वाइफाइ उलपब्ध छन् । अन्तर्राष्ट्रियदेखि १६६ घरेलु हवाइमार्गमा यो सेवा उपलब्ध भएको सो कम्पनीले जनाएको छ । त्यस्तै हाइनान एयरलाइन्सका १७ विमानमा वाइफाइ उपलब्ध रहेको छ ।

अन्य चिनियाँ हवाइ कम्पनीहरु पनि विमानमा फोन चलाउन दिनेबारे विचार गरिरहेका छन् ।

यसका लागि नागरिक उड्डयन प्रशासनबाट उनीहरुले यसैसाता अनुमति लिएका हुन्।