आर्थिक

सिटिजन्स बैंकद्वारा महोत्तरीमा ४ सय २६ थान कम्बल वितरण

काठमाण्डौ । ‘योर पार्टनर फोर प्रोग्रेस’ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनलले चिसोका कारण जनजिवन प्रभावित हुदेै गएपछी महोत्तरी जिल्लाको गौशाला र औरही नगरपालिकामा वसोवास गर्ने मुसहर जातीका विप्पन्न निसहाय व्यक्तिहरुलाई कम्बल वितरण गरेको छ ।

दैनिक ज्यालादारी गरेर जिवीकोपार्जन गर्दै आएकाहरु जो न्यानो कपडाको अभावले जाडोमा ,दुःखभोग्दै बसेकाहरुलाई सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत गौशाला र औरहीमा कम्बलवितरण गरिएको छ । जिल्लाका उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी , विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थितिमा गौशाला नगरपालिकामा २ सय २४ थान र औरही नगरपालिकामा २०२ थान गरी जम्मा ४२६ थान कम्बल वितरण गरिएको छ ।

गौशाला र औरही नगरपालिकामा बसोबास गर्ने (मुसहर ,असक्त , असहाय , बिधवा ,साधु ,सन्त )हरुलाई कम्बलवितरण गरिएको छ ।उक्त हस्तान्तरण बैंकको संचालक समितिको सदस्य डा चन्दाकार्कीले गर्नु भएको छ ।उक्त हस्तान्तरण समारोहमा बैंकका सहायक प्रमुखकार्यकारी अधिकृत रामधनश्रेष्ठ ,गौशाला नगरपालिकामा वडानं ५का प्रमुख धर्बेन्द्र साह ,वडा नं ४का वडा प्रमुख रामबाबु साह र औरही नगरपालिकावडा नं १ का प्रमुख राजकिशोर चौधरी र वडा नं २ का प्रमुख बिनोद पजियारको उपस्थिति रहेको थियो ।

कसैको आँखा न पुगेको मुसहर बस्तीमा बैंकले कम्बल वितरण गर्दा त्यहाँका स्थानीय बासिन्दाहरुले खुशियाली व्यक्त गरेका छन् । बैंकले देखाएको यस अग्रसरताले अत्यन्तै पिछडिएको मानिने मुसहर बस्तीमा न्यानोपन ल्याउन कोशेढुंगा साबित हुने कुरा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेश राज पोखरेलले जानकारी गराए ।