खेलकुद

एपिएफ र सेनालाई एक-एक स्वर्ण

काठमाण्डौ । सशस्त्र प्रहरी बलको एपिएफ क्लब पुरुष तर्फ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब महिला तर्फ राखेप च्याम्पियनसिप अन्तरगत भएको ३९ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको टिम ईभेन्टस् तर्फ विजय हात पादै एक एक स्वर्ण बाँडेका छन् ।

एपिएफले सेनालाई वेष्ट अफ फाईभको खेलमा ३–१ को जित निकाल्यो । एपिएफका दिपेश धामीको होम कोर्टमा भएको प्रतियोगितामा धामीको उच्च स्तरको प्रदर्शनले एपिएफलाई स्वर्ण दिलाउन सफल भयो । पुरुष एकलको पहिलो खेलमा धामीले सेनाका रत्नजितलाई २१–१९, २५–२३ को सोझो सेटमा पराजित गर्दै टिमको हौसला अभिबृद्धि गरे । दोश्रो पुरुष एकलको खेलमा सेनाका नविन श्रेष्ठले साजन कृष्ण ताम्राकारमाथि २१–१५, २१–१९ले जित निकाल्दै टिमलाई बराबरको स्थितीमा पु¥याए । पुरुषको तेश्रो एकल खेलमा एपिएफका सुदीप सेंढाईले सेनाका प्रफुल महर्जनलाई २१–१७, २१–१७ ले र पुरुष जोडीमा एपिएफका धामी र विजित थापा मगरको जोडीले सेनाका रत्न र नविको जोडीलाई सनसनीपूर्ण खेलमा २२–२०, १७–२१ र २५–२३ को जित निकाल्दै टिमको लागि पहिलो स्वर्ण दिलाए ।

यस्तै महिला तर्फको टिम प्रतिस्पर्धामा सेनको टिमले एपिएफलाई २–०ले पराजित गर्दै स्वर्ण हात पा¥यो । वेष्ट अफ टुको खेलमा सेनाकी नङ्गशल देवी तामाङ्गले एपिएफकी शिक्षा श्रेष्ठलाई २१–१५, २१–१८ तथा अमिता गिरीले एपिएफकी शोभा गौचनलाई २२–२०, १५–२१ र २१–१८ ले पराजित गर्दै सेनाका लागि स्वर्ण जिते ।

महेन्द्रनगरस्थित कभर्डहलमा भएको प्रतिस्पर्धाको महिला एकलको सेमिफाईनल समिकरण पुरा भएको छ । बिहिबार भएको महिला एकलमा सेनाका नङ्गशल र अमित गिरी तथा एपिएफका शोभा र शिक्षा श्रेष्ठले सेमिफाईनलको यात्र तय गरे । नङ्गशलले पूर्वाञ्चलकी सुनैना मुखियालाई २१–१२, २१–१५ले पाखा लगाउंदै एपिएफकी शोभा संगको जम्का भेट पक्का गरिने । शोभाले सेनाकी अनुमाया राईलाई एक घण्टा लामो खेलमा २१–१५, १९–२१ र २१–१५ ले पराजित गरिन् । यस्तै एपिएफकी शिक्षा श्रेष्ठले पूर्वाञ्चलकी निता लम्साललाई २१–१६, २१–८ ले पाखा लगाईन् । सेनाकी अमिता गिरीले पूर्वाञ्चलकी जेशिका गुरुङ्गलाई २१–११, २२–२०ले पराजित गर्दै सेमिफाईनलमा स्थान पक्का गरिन् । अब गिरीले फाईनल प्रवेशका लागि शिक्षासंग प्रतिस्पर्धा गर्ने छिन् ।

महिला जोडी तर्फको खेलमा सेनाका अमिता गिरी र रसिला महर्जनको जोडी तथा नङ्गशल तामाङ्ग र अनुमायाको जोडी सेमिफाईनल पुगेका छन् । गिरी र महर्जनको जोडीले पूर्वाञ्चलका निता लम्साल र सिमा राजबंशीको जोडीलाई २१–९, २१–१० ले पाखा लगाए । गिरीको जोडीले एपिएफका पुजा श्रेष्ठ र शिक्षा श्रेष्ठको जोडीको सामना गर्ने भएका छन् । श्रेष्ठ जोडीले सुदूरपश्चिमका दूर्गा शर्मा र रञ्जना भट्टको जोडीलाई २१–१६, २१–१२ ले पराजित गरे । यस्तै नङ्गशल तामाङ्ग र अनुमायाको जोडीले मध्यपश्चिमका संझना शर्मा र कामना वलीको जोडी माथी २१–७, २१–११ को जित निकाल्दै सेमिको यात्रा तय गरे । तामाङ्ग जोडीले पूर्वाञ्चलका जेशिका गुरुङ्ग र सुनैना मुखियाको जोडी संग प्रतिस्पर्धा गर्ने भएका छन् । जेसिका र सुनैनाले पश्चिमाञ्चलका आकृती केसी र सुन्दरा खनालको जोडीलाई २१–८, २१–५ ले पराजित गरे ।