आर्थिक

नेपालीको प्रिय खाना मःमको साथ कोका–कोला मो :मोत्सव

काठमाण्डौ । कोका–कोला मोः मोत्सव यस वर्र्षपनि पूर्णत नयाँ रुपमा उपभोक्तासामु आएको छ । यस वर्ष पनि उपभोक्ताले बिभिन्न प्रकारको तातो–तातो मःमसँग चिसो कोका–कोलाको मज्जा लिन सक्नेछन् । कोका–कोला र खानाको विश्वव्यापी परम्परा रहेको छ र लाखौं उपभोक्ताहरुको दैनिक मनपर्ने कम्बो भोजन पनि हो ।

विश्वभर, रिफ्रेशिङ्ग कोका–कोलाका साथमा मानिसहरु विभिन्न प्रकारका खानाहरुको आनन्द लिन्छन् । नेपालमा पनि त्यहि विश्वव्यापी परम्परालाई स्थानीय निरन्तरता दिँदै, कोका–कोलाले नेपालका प्रमुख रेष्टुरेन्टहरुका चेन तथा भोजनालयहरुसँगको सहकार्यमा तेस्रो ‘कोका–कोला मोःमोत्सव’ आयोजना गरेको छ । यसको नाम जस्तै, यो मःम अभियानले कोका–कोलाका साथमा मःमहरुको विभिन्न प्रकारको स्वाद लिन सकिने र आफ्नो अनुभवलाई अझै उत्कृष्ट बनाउने अवसर प्रदान गर्नेछ ।

यस महोत्सवमा साहभागी रहेका चर्चित कलाकार तथा खानाका पारखी नायिका प्रियंका कार्कीका साथै स्वस्तिमा खड्का र बर्षा सिवाकोटी विभिन्न आउटलेटहरुको भ्रमण गर्नेछन् । उपत्यका बाहिर पोखरा र भरतपुरमा समेत उनिहरुको उपस्थिति रहनेछ । यस उत्सवमा सहभागिता जनाउने उपभोक्ताले नयाँ अनुभव हाँसिल गर्न सक्नेछन् । यो उत्सवलाई रंगिन र शानदार बनाउन सहभागि कलाकारहरुले आस्र्चयजनक रुपमा विभिन्न कलेजहरुमा समेत भ्रमण गर्न सक्नेछन् । यो अभियानले उपभोक्तालाई आफ्नो मनपर्ने कलाकारसँग भेट्ने र बसेर कोक र मःम खाने अवसर समेत प्रदान गर्दै आइरहेको छ ।

यो उत्समा सहभागी हुनका लागि कोका–कोला र मःमसंग आफ्नो सेल्फि खिचि ‘#cokeandmomo2018’ का साथ @CocaColaNepal ट्याग (tag) गरी आफ्ना पोस्टहरु पब्लिक गर्नुपर्ने हुन्छ । हरेक हफ्ता भाग्येशाली बिजेताहरुले देशभरि रहेको आउटलेटहरुमा कोक र मःमको कम्बो कुपन जित्न सक्नेछन् ।

यस अभियान अन्र्तगत उपभोक्ताले देशभरीका विभिन्न आउटलेटहरुमा कोका कोला र मःम अर्डर गर्दा विशेष कम्बो छुट पाउने छन् । उक्त आउटलेटका नाम थाहा पाउन राष्ट्रिय दैनिक पत्रिका र आउटलेट बाहिर राखिने व्यानरहरु हेर्न पनि अनुरोध गरिएको छ ।

विभिन्न आउटलेटहरुमा के के कार्यक्रम हुँदैछ र सरप्राइज प्याकेज के के आउँदै छन् भनि थाहा पाहुनकोलागि कोका–कोला नेपालको आधिकारिक फेसबुक पेज फलो गर्नुहोस् । यसका साथ ग्राहकहरुले कोका–कोला नेपालको आधिकारिक फेसबुक पेज लाइक गर्नुपर्ने हुन्छ ।

यस मोःमोत्सव शुभारम्भको अबरसरमा कोका–कोलाका कन्ट्रि डाईरेक्टर अम्बुज सिंहले भने, ‘ कोकाकोला मोः मोत्सवले तेस्रो बर्षमा प्रबेश गरेको छ । नेपालमा कोक र मःम ग्राहकहरुको लोकप्रिय कम्बो भैसकेको छ । हामी गर्व गछाँै कि हामीले नेपालीको मनपर्ने खानासँग जोडिएर देशैभरी मोःमोउत्सव मनाउन गइरहेका छौं ।’

उक्त अबसरमा बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्शनेले भने, ‘कोकाकोला सधै खानासँग जोडिएको छ । खान संग कोक भएपछि स्वाद त झनै उत्कृस्ट हुन्छ र नेपालमा विभिन्न परिकारका मःमसंग कोका–कोला को साथले त झन् माहौललाई उत्सवमय बनाउंदै आएको छ । उपभोक्ताले कोकको स्वादसँगै आफुलाई मनपरेको बिभिन्न मःमको परिकार खाएको देख्दा निकै उत्साहित हुन्छु ।’

मोःमोत्सव काठमाण्डौं उपत्यका, पोखरा, चितवन, धरान, इटहरी र बिराटनगरका विभिन्न रेष्टुरेन्टहरु तथा भोजनालयहरुमा आयोजना हुँदैछ ।

कोका–कोला नेपालको बारेमा

कोका–कोलाले देशभरिका हजारौं ग्राहकहरुलाई यसका मुख्य उत्पादनहरु कोका–कोला, स्प्राईट, फ्यान्टा र किन्लेबाट तजगी प्रदान गर्दै आएको छ र यसले ५००० जना मानिसहरुको जीवनमा सकारात्मक प्रभाव पारेको छ । नेपालमा कोका–कोलाले UN HABITAT  को सपोर्ट माइ स्कुल अभियान, अन्तर्गत १४ वटा समुदायका स्कुलहरुमा आधारभुत सुविधा प्रदान गर्नका लागि र खाने पानीको पहुँच बढाउनका लागि “सेफ वाटर प्रोजेक्ट” सम्पन्न गरि रहेको छ ।

२०२० सम्ममा ५० लाख महिलाहरुलाई सशक्तीकरण गराउने कोका–कोला कम्पनीको ग्लोवल छद्यथ्द्दण् अभियान अन्तर्गत नेपालमा कोका–कोलाले STAR रिटेलर टे«निङ्ग प्रोग्राम द्वारा महिला खुद्र व्यपारीहरुलाई तालिम प्रदान गरि रहेको छ । कोका–कोका–कोलाले हाल Himalayan Climate Initiatite (HCI)  र GIZ सँग सहकार्य गरि पेट बोटल संकलन अभियान सुरु गरेको छ जसबाट यस्ता पेट बोटलहरु रिसाइकल गर्न प्रोत्साहान गर्दछ । यी अभियानहरुका साथै वल्र्ड वाटर डे जस्ता कार्यक्रमहरु संचालन गर्दे कोका–कोला नेपालले देशभरिका विभिन्न समुदायहरुमा जीवनस्तर सुधार गर्न सकारात्मक प्रभाव श्रृजन गर्ने लक्ष्य राखेको छ ।